
ए1न्यूज इजरायल़
एनआरएनए-एनसिसी, इजरायलको आशन्न आठौं अधिवेशन नजिकिदै गर्दा निर्वाचन समितिले सक्रियता देखाउन शुरु गरेको छ । यससँगै निर्वाचन समितिले २५ वुंदे निर्वाचन कार्यविधी सार्वजनिक गरेको छ ।
एनआरएनए-एनसिसी इजरायलको आधिकारिक फेसवुक पेज मार्फत सुचना निकाली निर्वाचन कार्यविधि सार्वजनिक गरिएको हो । सुचनाको पूर्ण अंश यस प्रकार रहेको छ :
आदरणिय इजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरू,
एनआरएनए इजरायलले यस निर्वाचन समितिलाई दिएको जिम्मेवारी र अधिकार अनुसार आज १७ जुलाई सोमवारका दिन बसेको निर्वाचन समितिको बैठकले एनआरएनएको अन्तराष्ट्रिय विधान र नियमावलीहरुको अधिनमा रही पूर्व प्रकासित सूचना अनुसार आगामी जुलाई २९ शनिवारका दिन एनआरएन इजरायलको निर्वाचन सम्पन्न गर्न तपसिलमा लेखिए अनुसारको आचारसंहिता र कार्यबिधि तय गरिएकोले सम्वन्धित सबैको जानकारीको लागि यसै सूचना द्वारा सार्वजनिक गरिएको छ ।
एनआरएनए निर्वाचन समिति २०२३ इजरायलले निर्वाचन सम्बन्धी आचारसंहिता र कार्यविधि निम्नानुसार तोकिए बमोजिम हुनेछ :-
गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन)२७ जुलाई शनिबारका दिन हुन गईरहेको निर्वाचनको निर्वाचन सम्बन्धि निर्वाचन समिति बाट जारी गरिएको २५ बुदे निर्वाचन कार्यविधी यस प्रकार रहेको छ :-
१) मतदाता नामावली प्रकाशन मिति :- २१ जुलाई शुक्रवारको दिन नेपाली राजदूतावास इजरायल तेलअभिव, एनआरएन इजरायलको फेसबुक पेज र इजरायलबाट संचालित अनलाइन मिडियाहरुबाट हुनेछ ।
२) यस गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचनको लागि बिभिन्न उल्लेखित पदमा उम्मेदवारी हुन् चाहने व्यक्तिको हकमा : मिति २२ जुलाई शनिबार विहान ९ बजे देखि दिउसोको २ बजेसम्ममा (निर्वाचन हुने स्थान आगामी सुचानामा उल्लेख गरिनेछ) आफ्नो उम्मेदवारी मनोनयन पत्र (उम्मेदवारको निबेदन पत्र ) निर्वाचन समिति समक्ष दर्ता गरि सक्नु पर्नेछः उम्मेदवारको उम्मेदवारी पत्रमा एक जना प्रस्तावक र एक जना समर्थक अनिवार्य हुनु पर्नेछ ।
३) गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) २७ जुलाइमा हुन गई रहेको निर्वाचनमा निम्म पदहरुमा उम्मेदवारी दिन सकिने छः
(क) आई.सी.सी.सदस्य प्रतिनिधि -१ जना
(ख ) अध्यक्ष – १ जना
(ग ) बरिष्ठ उपाध्यक्ष – १ जना
(घ ) महिला उपाध्यक्ष -१ जना
(ङ् ) उपाध्यक्ष -१ जना
(च ) महासचिव -१ जना
(छ) सचिव – १ जना
(ज) सह-सचिव -१ जना
(झ) कोषध्यक्ष -१ जना
(ञ) सह-कोषध्यक्ष – १ जना
(ट) पुरुष प्रतिनिधि – १ जना
(ठ) महिला प्रतिनिधि – १ जना
(ड) सदस्यहरु – ४ जना : माथि उल्लेखित पद हरुमा निर्वाचनमा उम्मेदवार बन्न चाहने व्यक्तिहरु हकमा उम्मेदवारी दिन वा बन्न सक्नु हुने छ ।
४) उम्मेदवारहरुको लागि आवेदन फारम यस प्रकार रहेको छ :
माथिको फारम Sample मात्र हो । Download From Here
यो आवेदन फारम भरेर वा यस्तै ढाचामा हातले लेखेर आवेदन पठाउन सकिनेछ । आवेदनमा उमेदवारको नाम, ठेगाना,सम्पर्क फोन, उमेदवारी दिएको पद, दस्तखत र तोकिएको रकम अनिवार्य हुनु पर्ने छ । २१ जुलाई शुक्रवार अपरान्हको १ बजेदेखि २२ जुलाई शनिवार अपरान्ह ७ बजे सम्म उम्मेदवारको लागि आवेदन खुल्ला रहने छ । आबेदन फारम निर्वाचन समितिका सदस्य सचिव खगेश्वर अधिकारीलाई ( मोवाईल न. 054-2859476) तेलभिव मा भेटेर दिन सकिने छ वा निर्वाचन समितिका अन्य सदस्यहरुको निम्न लिखित इमेलमा पनि आबेदन पठाउन सकिनेछ ।
nrnancc.israel@gmail.com, khagesh167@gmail.com
५) गैर आवासिय संघ इजरायलको अध्यक्ष पदमा उमेदवारी दिनको लागि कुनै पनि अघिल्लो गैर् आवासिय संघ इजरायलको कार्य समितिमा जुनसुकै पदमा रहेर काम गरेको व्यक्ति हुनु पर्नेछ, अध्यक्ष पदको उमेदवार बन्नको लागि अन्य् कुनै पनि संघ संस्था संगठनको अध्यक्ष, सभापति, संयोजक पदमा रहेको (आसिन भएको) ब्यक्ति यस गैर आवासिय संघ इजरायलको निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार हुन् गैर आवासिय संघको बिधान अनुसार मान्य हुने छैन उक्त कारण अहिलेको अवस्थामा उक्त अन्य संघ,सस्था,संगठनको अध्यक्ष पदमा रहेको कोही व्यक्ति भएमा उक्त पदमा बाट राजिनामा दिनु पर्ने छः उक्त व्यक्तिले दिएको राजिनामा पत्र आफ्नो उम्मेदवारी मनोनयन पत्र सगै निर्वाचन समिति लाई बुझाउनु पर्ने छ ।
६) निर्वाचनमा उम्मेदवारको रुपमा भाग लिन उम्मेदवार बन्ने व्यक्तिको हकमा : यस इजरायलमा बैधानिक रुपमा भिसा भएको वा (स्पेसल भिसा भएको) नेपाली राहदानी ( Passport ) बाहक व्यक्ति वा इजरायली आइडी वाहक नेपाली यस निर्वाचनमा जुनसुकै पदको उम्मेदवार बन्न पाउने छ । उमेदवारी लिन एनआरएनएको सदस्यता लिएको हुनु पर्नेछ । उक्त व्यक्तिले आफ्नो उम्मेदवारी पत्रमा एक प्रति पासपोर्ट साईजको फोटो सहित राहदानी र भिसाको (फोटो कपि संलग्नता राखी उम्मेदवारी दर्ता पत्रमा बुझाउनु पर्ने छ । यदी निर्वाचन समितिलाई उक्त बिषयमा शंका भएमा सम्बन्धित निकायमा बुझ्न सक्नेछ ।
७) यस गैर आवासिय संघ इजरायलको निर्वाचनमा उम्मेदवार हुनको लागि यस देश इजरायलमा बैधानिक रुपमा बसेको हुनु पर्ने छ र उसले कुनै पनि इजरायलको र नेपालको संविधानको कानून भन्दा बाहिर गएर कुनै पनि कार्य वा क्रियाकलाप गरेको वा कानूनले दोषी ठहराएको वा कुनै फौजदारी अभियोगमा मुद्दा लागेको अर्थात् मुद्दाको प्रक्रियाको कार्य अदालतमा चलिरहेको अवस्थाको व्यक्ति भएमा यस गैर आवासिय संघ इजरायलको निर्वाचन २०२३को (आठौ राष्ट्रिय महाधिवेशन) मा उम्मेदवार हुन पाउने छैन ।
८) उमेदवारहरूको नामावली प्रकाशन मिति र स्थान :- २३ जुलाई बेलुकी ११ बजे एनआरएन इजरायलको फेसबुक पेज र इजरायलबाट संचालित अनलाइन मिडियाहरुबाट हुनेछ ।
९) यस गैर आवासिय संघ इजरायलको निर्वाचनमा बिभिन्न पदमा उम्मेदवारी दिएर उम्मेदवार दर्ता भएका उम्मेदवारहरु प्रति कुनै कुराको बिषयको बारेमा निर्वाचन आचारसंहिता विपरीत रहेको शंका भएमा उम्मेदवार प्रति दाबी बिरोध वा उजुरी गर्नु पर्ने भएमा मिति : २४ जुलाइ सोमबार वेलुकी १० बजे सम्म निर्वाचन समिति समक्ष अनलाईन मार्फत दाबी, बिरोध,उजुरी गर्न पाइने छ ।
१०) उमेदवारी फिर्ता लिने समय :- २५ जुलाई मंगमवार वेलुकी ६ बजेदेखि २६ जुलाई साँझ ४ बजेसम्म हुनेछ ।
११) उमेदवारको अन्तिम नामावली प्रकाशन :- २६ जुलाई वुधवार रातको ९ बजे हुनेछ
१२) निर्वाचन गोप्य मतदानबाट हुनेछ । कुनै पनि पदमा आवश्यक भन्दा बढी उमेदवारी नपरेमा सो पदमा मतदान गरिने छैन त्यस्तो अवस्थामा निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ भने निर्वाचन भएको अवस्थामा धेरै मत प्राप्त उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिनेछ । मतदाताहरुको नामावली र उमेदवारहरूको नामावली माथि दावि विरोध गर्न समय २४ जुलाई आइतवार बेलुका १० बजेसम्म निर्वाचन समिति समक्ष लिखित दावी विरोधपत्रका साथ गर्न सकिनेछ ।
१३) यस गैर आवासिय संघ इजरायलको निर्वाचनमा उम्मेदवारले कुनै पदमा उम्मेदवारी दिए पछी यदि कुनै उम्मेदवार लाई उम्मेदवारी फिर्ता लिन चाहानु हुने भएमा उम्मेदवारको हकमा मिति : २५ जुलाई मंगलबार बिहान १० बजे देखि बेलुका ५ बजे सम्म उम्मेदवारी फिर्ताको निबेदन अनलाई मार्फत निर्वाचन समिति लाई बुझाई उम्मेदवारी फिर्ता लिन सक्नु हुने छः उक्त बिषयमा उम्मेदवारले उम्मेदवारी फिर्ता लिदा उम्मेदवारले उम्मेदवारी दर्ता गर्दा बुझाएको उम्मेदवारको निवेदनको दर्ता शुल्क : ५० प्रतिशत घटाएर वा (कटाएर )निर्वाचन समितिले फिर्ता गर्ने छः उक्त रकम गैर आवासि संघको कोषमा दाखिला हुन जानेछ ।
१४) यस गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचनको उम्मेदवारको हकमा : उम्मेदवार हुने व्यक्तिले उम्मेदवार मनोनयन (निबेदन पत्र) दर्ता गर्दा उम्मेदवारी दर्ता शुल्क अनिवार्य रुपमा नगद बुझाउनु पर्ने छ । उक्त उम्मेदवारहरुको दर्ता शुल्क उम्मेदवारको हकमा निर्वाचनमा जित-हार जे भए पनि उक्त दर्ता शुल्क फिर्ता गरिने छैन : उक्त रकम गैर आवासि संघको कोषमा दाखिला हुन् जानेछ । निर्वाचनमा उम्मेदवारको पद अनुसार उम्मेदवारले बुझाउनु पर्ने दर्ता शुल्क यस प्रकार रहेको छ : –
(क) यस गैर आवासिय संघ इजरायलको २०२३ को निर्वाचनमा (आई.सी.सी.सदस्य) प्रतिनिधिको पदको लागि उम्मेदवारी दर्ता शुल्क : २००० शेकेल ।
(ख) यस गैर आवासिय संघ इजरायलको २०२३ को निर्वाचनमा (अध्यक्ष) पदको लागि उम्मेदवारी दर्ता शुल्क : १५०० सेकेल लाग्ने छ ।
(ग) यस गैर आवासिय संघ इजरायलको २०२३ को निर्वाचनमा (बरिष्ठ उपाध्यक्ष देखि महिला उपाध्यक्ष, अन्य उपाध्यक्ष र महासचिव पदको उमेदवारी शुल्क १ हजार शेकेल । सचिव र कोषाध्यक्षको लागि ७०० शेकेल । सह सचिव र सह-कोषाध्यक्ष पदको लागि ५०० शेकेल उमेदवारी शुल्क तोकिएको छ । त्यस्तै पुरुष प्रतिनिधि, महिला प्रतिनिधिसम्मको पदको लागि उमेद्वारी दर्ता शुल्क : ३०० सेकेल । सदस्य पदको लागि उम्मेदवारी दर्ता शुल्क २०० सेकेल ।
१५) यस गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचनमा भाग लिने उम्मेदवारहरुले मतदाताहरु समक्ष कुनै किसिमको आर्थिक वा अन्य खालको प्रलोभनमा पारेर मतदाताहरु समक्ष मत मागेको वा मतदातालाई आफ्नो पक्षमा पार्न मतदाताहरुको मत किनेको प्रमाण पाएमा वा अन्य तवर बाट प्रत्यक्ष रुपमा दबावमा राखेर मतदाताहरु लाई आफ्नो पक्षमा पार्न कुनै खालको कृयाकलाप गरेको प्रमाण भेटिएमा वा उम्मेदवार र मतदातको हकमा फर्जी कागजात लिई निर्वाचनमा भाग लिन आएमा निर्वाचन समितिले उक्त व्यक्तिको मत हाल्ने अधिकार र उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्ने छ ।
१६) यस गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचन हुने मितिको २४ घण्टा अगाडि बाट निर्वाचनका उम्मेदवारहरुको मौन समय (मौन अबधि ) शुरु हुने छ उक्त समय शुरु हुदा निर्वाचनको दौडमा रहेका उम्मेदवारले: मिति २७ जुलाइ विहिबार रातको ९ बजे बाट प्रत्यक्ष रुपमा उपस्थित भई कुनै मिडिया वा न्युज सभा प्रत्यक्ष कार्यक्रम गरेर वा कुनै सामाजिक संजाल फेसबुक बाट लाईभ प्रचार,प्रसार गर्न मनाई गरिएको छ, यदि काही कतै बाट निर्वाचनमा भागलिने उम्मेदवारले उक्त मौन अवधिको समयमा उक्त कार्य गरेको प्रमाण भेटिएमा निर्वाचन समितिको आचारसंहिता उलंघन गरेको ठहर गर्दै उक्त व्यक्ति लाई जरिमाना गराउने अर्थात् उसको उम्मेदवारी रद्द सम्म गर्न सक्ने छ । उमेदवारहरु विचको छलफल र सहमतिबाट सर्वसम्मतिले समिति गठन गर्ने प्रयास भएमा निर्वाचन समिति सहयोगी बन्नेछ । सर्वसहमति बनेको खण्डमा २७ जुलाई बिहिवार आयोजना गरिदै गरेको अधिवेशनबाट उमेदवारहरुलाई विजयी घोषणा गरी अधिवेशन सम्पन्न गरिनेछ ।
१७) गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचनमा प्यानल बाट उठ्ने उम्मेदवारहरुको तर्फ बाट २ जनाको दरले र स्वतन्त्र तर्फ बाट उठ्ने उम्मेदवारको तर्फ बाट १ जनाको दरले गैर आवासिय संघ इजरायलको २०२३ को निर्वाचनमा निर्वाचन समिति लाई सहज कर्ताको रुपमा सहयोग गर्न एजेन्ट प्रतिनिधिहरु अनिवार्य रुपमा पठाउनु पर्ने छ ।
१८) तीन सदस्यिय निर्वाचन मण्डल कार्यसमितिले तोकेको छ जसमा संयोजक दिपक प्रसाद ओली सदस्यहरूमा खगेश्वर अधिकारी र पेम्वा डोल्मा ह्योल्मो रहनु भएको छ । निर्वाचनलाई स्वच्छ, धादली रहित, निष्पक्ष तवरबाट निर्वाचन सम्पन गर्नको लागि एक जना प्रमुख पर्यवक्षक सहित ४ देखि ६ जना सम्मको निर्वाचन परिबेक्षक प्रतिनिधिहरु राखिने ब्यबस्था गरिनेछ । उक्त निर्वाचनमा प्रमुख पर्यवक्षक रुपमा नेपाली राजदूतावास इजरायल बाट राजदुत महामहिम ज्यु र अन्य् परीबेक्षकहरुमा पुर्व आई.सी.सी.सदस्य तथा विभिन्न संघ संस्थाका नेतृत्वकर्ता समाजसेवीहरु लगायतका निकायहरु बाट पर्यवक्षक प्रतिनिधिहरु लाई आमन्त्रण गरिने व्यवस्था गरिएको छः उक्त परिबेक्षक प्रतिनिधिहरु निर्वाचनको मतदान र मद् गणना सम्पन गरी बिजयी उम्मेदवारहरुको नाम घोषणा र सफत ग्रहण कार्यक्रम हुदा सम्म रहनु हुने छ ।
१९) गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचनमा निर्वाचनको दिन मत दाताहरु लाई मत खसाल्ने समय (मत पोलिङ्) गर्ने समय २७ जुलाई बिहान ९ बजे बाट शुरु गरी बेलुकी ४ बजे सम्मको समय हुने छः ४ बजेसम्म सबै लाईनमा बसेका मतदाताहरु लाई निर्वाचन समितिको घेरा भित्र राखेर उक्त मत दाताहरुको हकमा भने मत खसाल्ने समय सम्म निर्वाचन जारी हुने छः तर उक्त दिन ४ बजे पछी आउने मतदाता हरुलाई उक्त निर्वाचनमा सहभागी गरिने छैन, उक्त २७ जुलाई को दिन निर्वाचन भई रहेको (स्थानको मत पेटिका रहेको स्थल वा कार्यलयमा ) निर्वाचन् समितिक व्यक्तिहरु र परिबेक्षकहरु र उम्मेदवारको तर्फ बाट तोकिएको एजेन्ट प्रतिनिधिहरु मात्र रहने ब्यबस्था गरिएको छ ।
२०) गैर आवासिय संघ इरायलको निर्वाचनमा २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचन लाई धादली रहित निष्पक्ष स्वच्छ वातावरणमा निर्वाचन सम्पन गर्ने उद्देश्य अनुरुप सुरक्षा ब्यबस्था लाई मध्य नजर गर्दै उक्त निर्वाचन स्थल (कार्यलय) को गेटमा ( ढोकामा ) भित्र र बाहिर एक/एक जना सुरक्षा गार्डको ब्यबस्था गरिने छः उक्त गेट (ढोकामा) मत हाल्न जाने व्यक्ति वा अन्य कुनै व्यक्ति लाई सुरक्षा गार्डको र निर्वाचन समितिको अनुमति बिना भित्र जान र साथमा कुनै बस्तु लान मनाही गरिएको छ । मत हाल्न जाने व्यक्तिको हकमा भने मतपत्र लिएको व्यक्ति लाई सुरक्षा गार्डले मत पोलिंङ् गर्ने व्यक्तिको हातमा छापको प्रमाण चिन्न लगाई भित्र छिराउने व्यवस्था गरिएको छ ।
२१) गैर आवासिय संघ इजरायलको निर्वाचनमा २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) मत (भोट) हाल्न जाने व्यक्तिको हकमा : निर्वाचन समितिको माथहतको एजेन्ट प्रतिनिधि बाट प्राप्त मतदाता रसिदको नम्बर / नाम / पासपोर्ट नम्बर र नेपालको ठेगना भएकों चिटको आधारमा निर्वाचन समितिले उक्त व्यक्तिको एजेन्ट प्रतिनिधिले दिएको सबै प्रमाण ठिक छ छैन हेरी निर्वाचन समितिले मत पत्र दिने व्यबस्था गरिने छ,उक्त निर्वाचन समितिले दिएको मत पत्र लिई मतदाताले मतदान स्थल भित्र गएर मत हाल्न पाउने ब्यबस्था गरिएको छ ।
२२) गैर आवासिय संघ इजरायलको निर्वाचनमा उठेका उमेद्वारहरु लाई मत (भोट) हाल्ने मतदाताको हकमा मत दाताको (भोट हाल्ने व्यक्ति) नेपाली राहदानी बाहक भएको मतदाता नामावलीको रसिद लिएको व्यक्ति हुनु पर्ने छः
२३) गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) मा निर्वाचनको लागि चाहिने मत पत्र निर्वाचनमा मत ( भोट् ) हाल्ने स्वस्तिक छाप निर्वाचनको दिनमा निर्वाचनको प्रकृयाको बारेमा निर्वाचन नियमावली निर्वाचनको बारेमा सामान्य् जानकारी मतदाताहरुको अन्तिम नामावली उमेदवारहरुको अन्तिम नामावली इत्यादी सबै बिषयको जानकारी / प्रकाशन निर्वाचन समितिले क्रमश आगामी दिनमा सर्वजनिक गर्दै जाने छ ।
२४) गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचनमा उम्मेदवारहरु बाट वा मतदाताहरु बाट कुनै पनि व्यक्तिले कुनै खालको उच्छृङ्खल क्रियाकलापहरु गरेमा उम्मेदवार वा मत हाल्ने मतदाता रहेको व्यक्ति लाई उसको उम्मेदवारी र मत हाल्ने व्यक्तिको मत हाल्ने अधिकार बाट स्वतह बन्चित गर्दै इजरायल् स्थित सुरक्षाको सम्बन्धित निकायमा खबर गरी कडा भन्दा कडा कार्यबाही प्रक्रिया चालिने छ ।
२५) यो निर्वाचन सम्बन्धी सूचना, दस्तावेज आदि गोप्य राख्नुपर्ने समय र विषयमा सार्वजनिक गर्न वा कसैलाई जानकारी दिन निर्वाचन समिति बाध्य हुने छैन ।
२६) गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचनको दिन मत (भोट हाल्ने ) समय अबधि सकिए पछी, निर्वाचन समिति, परिबेक्षक,उम्मेदवार र उमेदवारका एजेन्ट प्रतिनिधिहरु सहित निर्वाचन मत पेटिकामा सिल्बन्धि गरिने छः उक्त शिल वन्धी गरिएको मत पेटिका मत गणना गर्ने समयमा सबै उम्मेदवारहरु र उमेदवारका एजेन्ट प्रतिनिधिहरु,परिबेक्षक प्रतिनिधिहरु र निर्वाचन समिति बिचमा मत गणना गर्दा आई पर्ने बाधा समस्याहरुको बारेमा साझा सहमति गरि सबैको मन्जुरीमा मुचुल्का उठाई सबैको हस्ताक्षर गराई, मत पेटिका खोलि मत गणना कार्य शुरु गरिने छ ।
२७) गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचनमत गणना कार्य जारी रहुन्जेल कुनै पनि उम्मेदवार प्रतिनिधिहरु तथा अन्य एजेन्ट प्रतिनिधिहरु लाई मत गणना स्थान बाट बाहिर जान मनाही गरिने छः अन्य बाहिर बाट कुनै पनि व्यक्ति लाई मत गणना सम्पन नहुन्जेल मत गणना स्थल भित्र छिर्न मनाई गरिने छ ।
२८) गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचन र मत गणना कार्य सम्पन भए पछी निर्वाचन पिबेक्षकहरुको उपस्थितमा निर्वाचनमा बिजयी उमेदवार प्रतिनिधिहरु सबैलाई निर्वाचन समिति संयोजक ज्यु बाट सपतग्रण बधाई तथा प्रमाण-पत्र वितरणको कार्यक्रम रहेको छः उक्त कार्यक्रम पछि निर्वाचनको प्रमुख अतिथि परिबेक्षक ज्यु बाट निर्वाचन समितिका प्रतिनिधि) गैर आवासिय संघ इजरायलको २०२३ (आठौ राष्ट्रिय महाधिवेशन) निर्वाचनको सम्पुण कार्यक्रमहरु सम्पन भए पछि निर्वाचनमा भाग लिने सम्पूर्ण उमेद्वार प्रतिनिधिहरुले निर्वाचन समितिका प्रतिनिधिहरु, परिबेक्षक प्रतिनिधिहरु,एजेन्ट सुरक्षा गार्ड प्रतिनिधिहरु सबै लाई धन्यवाद बधाई ज्ञापन तथा बिधाई कार्यक्रम रहेको छ !धिहरु लाई सौहाद्रपूर्ण वातावरणमा निर्वाचन सम्पन गरेको उपलक्ष्यमा बधाई तथा प्रमाण- पत्र बितरण कार्यक्रम गरिने छ ।
एन आर एन ए इजरायलको यो ऐतिहासिक निर्वाचनलाई निष्पक्ष, बैधानिक र उत्साहवर्धक वातावरणमा सम्पन्न गर्न निर्वाचन समिति सबै इजरायलवासी दिदीबहिनी तथा दाजुभाइहरु समक्ष प्रतिबद्दता जाहेर गर्नुका साथै नेपाली राजदूतावास इजरायल लगायत सम्बन्धित सबैसंग आवश्यक सहयोग र सल्लाह तथा सुझावको लागि हार्दिक अनुरोध गर्दछ ।
– – – – – – – – – – – – – – – – – – – – –
दिपक प्रसाद ओली
निर्वाचन संयोजक
एनआरएनए-एनसिसी इजरायल