
ए१न्यूज इजरायल,
एनआरएनए-एनसिसी इजरायलको आशन्न ८औं अधिवेशनलाई लक्षित गरी २ दिवशिय रिले अन्तरक्रियात्मक भेलाको आयोजना गरिएको छ ।
एनआरएनए-एनसिसी इजरायलको आगामी कार्यकालको लागि विभिन्न पदहरुमा दावी प्रस्तुत भइरहेको अवस्था र नयाँ कार्यसमिति चयनलाई नै लक्षित गरी एनसिसी इजरायलका संरक्षक दिपक प्रसाद ओली, आइसिसी सदस्य विशाल ज्ञवाली, अध्यक्ष गणेश गिरी र महासचिव कृष्ण भण्डारी लगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सँग नयाँ कार्यसमितिमा रहेर क्रियाशिल रहन इच्छुक दावेदारहरुविच अन्तरक्रिया गराउने उद्देश्यले अनलाइन भेलाको आयोजना गरिएको बताइएको छ ।
आगामि कार्यसमितिको नेतृत्वको लागि वर्तमामान कार्यसमितिका महासचिव श्री कृष्ण भण्डारीले आफ्नो दावी प्रस्तुत गर्दै आइरहेका छन् भने अन्य महत्वपूर्ण पदहरुमा पनि आफ्नो दावी प्रस्तुत गर्ने क्रम बढेर गएको छ ।
१९ र २० जुलाई दिउसोको १ बजे देखि ३ बजेसम्म दिइएको जुम एप्लिकेसन ID 678 065 7251/Passcode Junkiri मा जोडिएर भेलामा सहभागिता जनाउन सकिने बताइएको छ ।
अन्तरक्रिया मार्फत यहाँहरुको सामाजिक क्षेत्रको संग्लग्नताको अनुभव, सौख, क्षमता र कार्य कौशलताको को पनि मापन गर्न सहज हुन सक्ने भएकाले आजको यो भेलामा जो जसले अहिले देखि दिउसोको १ बजेदेखि जोडिएर सहभागिता जनाउन सक्नेछ ।