एनआरएनए-एनसिसी इजरायलको ८औं महाधिवेशन २२ जुलाईमा, निर्वाचन समितिलाई पूर्णता

२०८० श्रावण १, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए१न्यूज इजरायल,

गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलले संस्थाको ८ औ महाधिवेशन मिति सार्वजनिक गर्दै संस्थाका संरक्षक दिपक प्रसाद ओलीको संयोजकत्वमा वढिमा ५ सदस्यिय निर्वाचन समिति समेत गठन गरेको छ ।

संघको ७ जुलाई वुधवार बसेको कार्यसमितिको औपचारिक बैठकले आगामी २२ जुलाई शनिवार एनआरएनए-एनसिसी इजरायलको आठौं महाधिवेशन गर्ने निर्णय गर्दै बाँकी सदस्यहरु नियुक्ति गर्न निर्देशन दिदै  संरक्षक दिपक प्रसाद ओलीलाई  निर्वाचन समिति संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष गणेश गिरीले  जानकारी दिए ।
त्यस्तै समितिको बैठकले महाधिवेशनलाई शान्त, सौहार्दपूर्ण रुपमा सम्पन्न गर्न नेपाली राजदूतावास इजरायल लगायत इजरायलमा रहेका सम्पूर्ण सामाजिक, राजनितिक, जातिय, धार्मिक संघसंस्थाहरु लगायत यहाँ क्रियाशिल संचारकर्मीहरु लगायत सम्वन्धित सबैमा हार्दिक अपिल गरेको छ ।
निर्वाचन समितिलाई पूर्णता
संघको आठौं महाधिवेशन सम्पन्न गर्न जिम्मेवारी पाए संगै एनसिसी इजरायलका संरक्षक तथा समाजसेवी दिपक प्रसाद ओलीले दुई जना सदस्यहरु नियुक्ति गरी समितिलाई पूर्णता दिएका छन् ।  बाँकी सदस्यहरु चयन गरी समितिमा सिफारिस गर्ने गरी जिम्मेवारी लिएका निर्वाचन संयोजक ओलीले समाजसेवीद्वय खगेश्वर अधिकारी र पेम्वा डोल्मा ह्योल्मोलाई समिति सदस्यमा नियुक्त गर्न सिफारिस गरेसंगै समितिले उहाँहरुलाई निर्वाचन समिति सदस्यको जिम्मेवारी सुम्पेको हो ।
अधिकारीलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिएको एनसिसी इजरायलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय