भारतीय फिल्म प्रदर्शन नरोक्न उच्चको अल्पकालीन अन्तरिम आदेश, आदेशमाथि बालेनकाे काउन्टर- जुनसुकै सजाय भोग्न तयार छु, तर फिल्म चल्न दिन्नँ

२०८० असार ७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एवान नेपाल.

काठमाडौं महानगरपालिकाका हलहरुमा भारतीय फिल्म नरोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले रिटमाथि सुनुवाइ गर्दै बिहीबार अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

‘आदिपुरुष’ फिल्ममा रहेको सिता माता भारतमा जन्मेको आसयको डाइलगको विषयलाई लिएर काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले महानगरभित्रका हलहरुमा सबै हिन्दी फिल्महरुलाई प्रतिबन्ध लगाएपछि नेपाल चलचित्र संघले बुधबार रिट दायर गरेका थियो ।

यता काडमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले हिन्दी फिल्म चल्न नदिने पुनः घोषणा गरेका छन् । उच्च अदालत पाटनले काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै मेयर साहले यस्तो प्रतिक्रिया दिएका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय