
ए१न्यूज नेपाल
विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । कोशी प्रदेश हुनुपर्ने भन्दै नेकपा एमालेले प्रदेशसभामा राखेको प्रस्तावको पक्षमा ८२ जनाले हात उठाएका छन् ।उ क्त प्रस्तावको विषक्षमा भने चार जनाले हात उठाए ।
अब उक्त प्रस्तावलाई मतदान प्रक्रियामा लाने संसद सचिवालयले जनाएको छ । कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ । यस प्रस्तावमा छलफल हुने छैन ।
समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।
त्यस्तै नामाकरणका लागि दर्ता भएको पहिचानसहितको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि जसपाकी सांसद निर्मला लिम्बू सभामा धरधरी रोइन्।
प्रदेश १ सभामा विपक्षी दल एकीकृत समाजवादीसमेतले पहिचानसहित प्रदेशको नाम किराँत लिम्बू वा सगरमाथा हुनुपर्ने भन्दै सचिवालयमा दर्ता गराएर संसदको बैठकमा टेबल गराएको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि सांसद लिम्बू रोएकी हुन्।