
भेषराज पाण्डे ,ए वान नेपाल
मंगबार दिउसो संघीय संसद बाहिर आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गर्न खोजेका इलामेली महत्वाकांक्षी देशभक्त युवा प्रेम प्रसाद प्रसाद आचार्यको यतिबेला किर्तिपुर अस्पतालमा उपचाररत छन् । देशमा धेरै व्यवस्था फेरिए पनि आम जनताको अवस्था नफेरिएको र उद्दमशिलता अङ्गालेका युवाहरुलाई पाइलै पिच्छे ठग्ने र घुस नदिए सम्म कुनै काम गर्न नसकिने अवस्था रहेको आचार्यले फेस्बुकमा लेखेका छन्। राजधानीमा ट्रेकिङ्ग कार्यालय संचालन गर्दै आएका उनि विभिन्न कलेज तथा पर्यटकहरुबाट ठगिदै आएपछि रिणमा डुबेका उनि वैदेशिक रोजगारीमा कतार गएका थिए। पाच वर्षको कमाइले रिण तिरी बचेको केही कमाईलाई आफ्नै जन्मथलो इलाममा लगाउदै आएका थिए। इलामेली घ्यु तथा गुन्द्रुकलाई ब्राण्डिङ्ग गर्दै विभिन्न सहरमा पुर्याउदै आएका प्रेमलाई ठूला व्यावसायी र सरकारको कारण रिण तिर्न नसक्दा ज्यान नै हत्या गर्न बाध्य बनाएको उनको फेसबुकमा देख्न सकिन्छ।