
अन्तरास्ट्रिय एजेन्सी , ए वान नेपाल
पोल्याण्डको पूर्वी भेगमा मंगलबार खसेको क्षेप्यास्त्रमा परी दुई जनाको मृत्यु भएको छ । सो घटना भएको समयमा मस्कोले युक्रेनका कयौं सहरमा एक महिनायताकै सबैभन्दा ठुलो मिसाइलहरू प्रहार गरेको थियो तर पोल्याण्डमाथी खसेको क्षेप्यास्त्रमा आफ्नो कुनै संलग्नता नभएको बताएको छ ।
पोल्याण्डमा भएको मिसाइल प्रहार रुसले युक्रेनमा युद्ध सुरु गरेपछि कुनै नेटो सदस्य मुलुकहरूमा भएको पहिलो मिसाइल आक्रमण हो । यो क्षेप्यास्त्र कसले हान्यो वा ठ्याक्कै कहाँबाट प्रक्षेपण गरिएको हो भन्ने थाहा नभएको भनिएता पनि पोल्याण्डको विदेश मन्त्रालयले मिसाइल ‘रूसी निर्मित’ भनेर वर्णन गरेको छ ।