
ए वान नेपाल ,गुल्मी
समाजमा काक्रा चोर तथा फलफुल चोरहरुको बारेमा सुन्दै आइएको हो। तर एउटा खसी नै चोरेर दशैँ मनाउने कुरा माओवादी युद्द काल पछि विरलै सुनिन्थ्यो। तर गुल्मी जिल्लामा यस्तै गरी किसानको खसी चोर्ने जन प्रतिनिधिलाई आफ्नै दल कांग्रेसले संरक्षण गरेको छ। असोज २० गते रेसुङ्गा नगरपालिका -६ ,बाल्काटेका सोल बहादुर वि कको उनकै गोठबाट रेसुङ्गा नगरपालिका -५ का वडा सदस्य घनस्याम खनालले पाठो चोरेर घरमा ल्याएका थिए र काट्नका लागि मिलन पाण्डे र मिठु पाण्डेलाई पनि घरमै बोलाएका थिए। यो घटना पछि खसी धनीले रेसुङ्गा नगरपालिका -६ वडा कार्यालयमा उजुरी दिएका थिए। लगत्तै यो घटना लुकाउनको लागि कांग्रेस ,गुल्मीमा आवद्द स्थानिय जनप्रतिनिधि तथा कार्यकर्ता मिलेर करिब ७ किलोको खसीलाई रु ५० हजार क्ष्यतिपूर्ती तिरेको खबर बाहिरिएको छ। घटनामा मुख्य अभियुक्त स्थानिय जनप्रतिनिधि घनश्याम खनाल भए पनि उनि बाट २५ हजार र अर्का प्रतिनिधि मिलन पाण्डे संग बाट पनि २५ हजार गरी ५० हजार उठाई खसी धनिलाई दिएर चोरीको घटना गुपचुप राखिएको कुरा बाहिरिएको छ।
मिलन पाण्डेले मानहानीको मुद्दा दायर गर्न खोज्दा कांग्रेस ,गुल्मीमा आवद्द नेता तथा कार्यकर्ताले रोकेको उनी बताउछन। अहिले चुनावको समय भएको हुदा यो बारेमा कसै संग पनि नबोल्न स्थानिय नेताहरुको दवाव आएको निर्दोष ठानिएका रे न पा – ५ का वडा सदस्य मिलन पाण्डे बताउछन। कानुनी राज्यमा दोषीलाई कारवाही गर्नु पर्ने अनि निर्दोषलाई मुक्ति दिनुपर्ने हुन्छ तर यहाँ राजनैतिक आडमा जालझेल गर्नेलाई बचाई सोझालाई फसाउन खोजिन्छ भने यो अराजकता हो , उनि बताउछन। पछिल्लो समयमा आफुमा मानसिक विचलन हुने खालको अवस्था आएको हुदा कसैको डर धम्कीमा नरही कानुनी उपचार खोज्नु पर्नेमा रहेको मिलनले बताएका छन।