इजरायलमा यसरी मनाइयो तिहार

२०७९ कार्तिक १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान नेपाल , भेषराज पाण्डे

जन्म थलो बाट कर्म थलोमा रहेता पनि आफ्नो कला तथा संस्कृतिले भने सबैलाई जोड्ने गर्दछ। घर देश बाट टाढिदै गर्दा आफ्नो पन झल्किने परम्पराले झन नजिक ल्याउने गर्दछ।  सोही अनुसार इजरायलमा रहदै आएका नेपालीहरुले यो वर्षको शुभ दिपावली विभिन्न तरिकाले मनाएका छन्।  विभिन्न दलहरुका प्रवास विभागहरुले दिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखेका थिए।

त्यसरी नै इजरायलमा रहेका नेवारी समुदायहरुको  संगठन नेवा: खल इजरायलले विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि नेवारी समुदायको ‘न्हु दँया भिन्तुना (नयाँ वर्ष ) तथा म्ह: पुजा विशेष कार्यक्रमको आयोजना गरी मनाएको थियो। तेल अभीवको एक होटेलमा गरिएको सो कार्यक्रममा नेपाली तथा नेवारी परिकारहरु पनि पस्किएको थियो । यो वर्ष नेवार समुदायले ११४३ लाई नया वर्षको रुपमा मनाएका छन्।

विशेषत सुसारेको रुपमा कार्यरत रहदै आएका नेपालीहरुले भाइटिकाको दिन नेपाली परिकारहरुका साथसाथै एकआपसमा तास तथा खोरखोरे खेल्दै र शुभकामना आदान प्रदान गर्दै मनाएका थिए।  विभिन्न ठाउमा कार्यरत रहे पनि सो दिन विदा लिएर अपार्टमा आएर रमाइलो गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय