
ए वान नेपाल, इजरायल
अमेरिकी राष्ट्रपति जो बाइडेनले पाकिस्तान तर्फ अनौपचारिक कार्यक्रममा आज दिएको वक्तव्यले चौतर्फी चासोको विषय सिर्जना गरेको छ। पाकिस्तानलाई आणविक हतियाहरू भएको विश्वको सबैभन्दा खतरनाक राष्ट्रहरू मध्ये एक भन्दै उनले आलोचना गरेका छन् । अमेरिकी राष्ट्रपतिको यस किसिमको कडा आलोचनापछि पाकिस्तानले अमेरिकी राजदूतलाई सोधपुछका लागि बोलाएको छ ।