डेङ्गु आतंक

२०७९ आश्विन २९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान नेपाल,भेषराज पाण्डे

लामखट्टेको टोकाइबाट सर्ने  रोग डेङ्गुले अहिले धेरै नेपालीहरुलाई प्रभावित पारिरहेको छ। विशेष गरी बागमती प्रदेशमा डेङ्गु रोगको सङ्क्रमणबाट प्रभावित भएको छ, यो प्रदेशमा साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ ।

बागमती प्रदेशका १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौँ सबै भन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ । काठमाडौँमा ११ हजार चार सय ६७ र रसुवामा सात जना सो रोगबाट सङ्क्रमित भएको जनाइएको छ ।

निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६ सय चार, भक्तपुरमा दुई हजार एक सय आठ, चितवनमा  एक हजार एक सय ६९, धादिङमा ६ सय ३८, काभ्रेमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा  डेङ्गु रोगको सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

त्यस्तै प्रदेशमा हालसम्म सो रोगको सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको सो निर्देशनालयका विवरणमा रहेको छ ।  काठमाडौँमा सात, सिन्धुली र रामेछाप तीन-तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई -दुई, भक्तपुर र धादिङ्मा एक-एकजनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार