
ए वान नेपाल,भेषराज पाण्डे
लामो समय देखि इजरायलमा कार्यरत सावित्री सुनारको हृदयघाटबाट असोज २१ गते निधन भएको छ। विगत सात वर्षदेखि किड्नी समस्यामा रहेकी सुनार सुसारेको रुपमा इजरायलमा विगत १५ वर्षदेखि रहदै आउनु भएको थियो। तेल अभिवको रामले भन्ने ठाउमा मृत्यु भएकी ४३ वर्षकी सावित्रीको लास इजरायलमै अन्त्यष्टी गर्ने कि नेपाल पठाउने भन्ने तय नभएको नजिकका साथीहरु बताउछन। लासलाई अहिले हस्पिटलमै राखिएको र त्यो लासबारे नेपाल राजदुतावासले प्रक्रिया अघि बढाईरहेको बताईएको छ।
एन आर एन ए – एन सी सी इजरायलकी निवर्तमान कार्यसमिति सदस्यको असहामायिक निधन प्रति गैर आवासिय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद -इजरायलले श्रद्दाञ्जली सभा आयोजना गरी परिवारमा धैर्य धारणा गर्ने शक्ति मिलोस भनी समवेदना प्रकट गरेको खबर एन आर एन ए – एन सी सी इजरायलका महासचिव श्रीकृष्ण भण्डारीले बताउनु भयो। गैर आवासिय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद -इजरायलका अध्यक्ष्य गणेश गिरिले सभापतित्व गर्नु भएको सो शोक सभामा इजरायलमा कार्यरत विभिन्न नेपाली संघका पदाधिकारीहरु लगायत अन्य नेपालीहरुको उपस्थिति थियो।