
अन्तरास्ट्रीय एजेन्सी , ए वान नेपाल
धेरै दर्शक आकर्षित गर्ने फुटबलको विस्व कप नजिकिदै छ। विश्वकप फुटबल नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मा कतारमा हुँदैछ। यो विश्वकपमा ३१ टिमले सहभागिता जनाउने भएका छन्। सो खेलको सुरक्षाका लागि कतारले सहयोग मागेपछि टर्कीले सेना पठाउने निर्णय गरेको हो। टर्कीको संसदले सेना पठाउने सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार पेश गरेकोमा उक्त प्रस्ताव पारित भएको हो।
टर्कीले कतारमा ६ महिनासम्मका लागि सेना पठाउने तयारी गरेको छ। यद्यपि टर्कीले कतारमा पठाउने सेनाको संख्याको विषयमा केही बताएको छैन।