
भेषराज पाण्डे, ए वान नेपाल
नेपालमा हिन्दुहरुको महान चाड सँगै निर्वाचन पनि भित्रिएको छ। निर्वाचन अयोगले बुधबार बाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन व्यवस्थापन प्रशिक्षण सुरु गरेको छ । मंसिर ४ गते तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ सञ्चालन तथा व्यवस्थापनका आयोगले मुख्य निर्वाचन अधिकृत ७७, निर्वाचन अधिकृत ८८ र निर्वाचन अधिकारी ७७ समेतको निर्वाचन व्यवस्थापन प्रशिक्षण आजदेखि प्रारम्भ गरीएको हो ।
आज नेपालगन्ज, ललितपुर, चितवन, बुटवल र विराटनगरमा निर्वाचन व्यवस्थापन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको आयोगले जनाएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालगन्जमा र निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधरले चितवनमा निर्वाचन व्यवस्थापनको प्रशिक्षण दिनुभएको छ ।
निर्वाचन सभ्य बनाउदै सफल बनाउनको लागी आयोगले असोज १५ देखि २० गतेसम्ममा १६५ वटै निर्वाचन अधिकृत कार्यालय स्थापना गराइसक्ने छ ।