
ए वान नेपाल , तेल अभिव, इजरायल
नेपाली राजनीतिमा भिन्दै खालको मुद्दा लिएर अघि बढ्न खोजेको राष्ट्रिय प्रजातन्त्र पार्टी आन्तरिक झमेलामा परे संगै दुई धारमा देखा परे पनि पार्टी विस्तारको कामले तीव्रता पाउदै आएको छ। निवर्तमान अध्यक्ष कमल थापाले नेतृत्व गर्नु भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालले प्रवास विभाग संगठन विस्तारमा लागेको छ । यहि क्रममा दुवईमा पनि आइतबार संगठन विस्तार गरिएको प्रवासी नेपाली एकता समाज राप्रपा नेपाल प्रवासले बताएको छ । एक कार्यक्रमका बिच गरिएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय सदस्य तथा प्रवास विभाग सचिव हरिहर प्रसाद जैसवाल ( मनोज) रहनु भएको थियो।
जसअन्तर्गत प्रवासी नेपाली एकता समाज दुबईको अध्यक्षमा विष्णु लम्साल चयन भएका छन् । त्यस्तै समाजको वरिष्ठ उपाध्यक्षमा विधान तामाङ, उपाध्यक्षमा मान बहादुर सिलवाल, महासचिवमा केशवराज बस्याल, सचिवमा मिलन अधिकारी, कोषाध्यक्षमा फणिन्द्र काफ्ले र सह–कोषाध्यक्षमा विष्णु प्रसाद सिलवाल रहेका छन् ।
त्यसरी नै सदस्यहरुमा मनोज तामाङ, इजरायल खान, नरेश बस्नेत, मान बहादुर रेश्मी मगर, आश्विन बस्याल, अर्जुन श्रेष्ठ, मिलन तामाङ, नरेश मण्डल, लक्ष्मण अर्याल, एजाज खान, संजय जयसवाल, प्रेम मगर, सैदुर रहमान, अतिकुर रहमान र घिसु माली रहेका छन् । त्यस्तै वरिष्ठ सल्लाहकारमा सुरेन्द्रराज आचार्य र सल्लाहकारमा टीकाराम सुवेदी रहेका छन् ।