
ए वान नेपाल, भेषराज पाण्डे
रास्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता सामाज (पानस), इजरायलले भदौ २६ गते प्रशिक्षण कार्यक्रम उत्साहपुर्ण ढंगबाट भव्यताका साथ सम्पन्न गरेको छ | राप्रपा अध्यक्ष माननीय राजेन्द्र लिङ्देनको प्रमुख आतिथ्यतामा संचालित सो कार्यक्रममा पानस,इजरायलका महामन्त्री राम गोपाल भन्डारीले सभापतित्व गर्नु भएको थियो | भर्चुअल माध्यममा रहेको सो कार्यक्रममा अध्यक्ष अर्जुन लगाएत प्रवास विभाग प्रमुख आनन्द अधिकारी,प्रवास विभाग सदस्य सचिव सन्तोषी शाही र प्रवास विभाग सदस्य शिदार्थ कन्दंग्वाले राप्रपाको प्रमुख एजेन्डाको बारेमा प्रशिक्षण दिनुभएको थियो | पानस इजरायलको कार्यसमिति,सल्लाहाकार र विभाग प्रमुखहरुको भर्चुअल उपस्थितिमा पानस इजरायलको तर्फबाट संस्थापक संरक्षक रमेश शर्मा,वरिष्ट उपाध्यक्ष सुमन तिमल्सेना, एनआर एन महासचिव तथा पानस इजरायलका वरिष्ठ सल्लाहकार श्री कृष्ण भन्डारी,एन आर एन इजरायलका अध्यक्ष तथा पानसका सल्लाहकार गणेश गिरी,धार्मिक सल्लाहकार भिम पौडेल र पानस परोपकारी विभाग प्रमुख पबित्रा गौतमले आफ्नो धारणा राख्नु भएको थियो |
पानस इजरायलका अध्यक्ष एन बी बस्नेत (अर्जुन )ले “जवानीको कमाई बुढेसकालको साहारा” नारालाई चुनावी घोषणापत्र समावेश गर्नको लागी सुझाव दिनुभयो | सो कार्यक्रममा विभिन्न वुदाहरु उल्लेख गर्दै पानस इजरायल आवासिय नभएकोले गर्दा पदिय मोह भन्दा माथी उठेर रास्ट्र निर्माणमा जुटिने कुरालाई बस्नेतले जोड दिनु भयो। पानस, इजरायलकी सहमहामन्त्री सुनीता गिरिद्वारा संचालित सो कार्यक्रममा सह- कोषाध्यक्ष सरस्वती बुढाथोकिले स्वागत मन्तव्य दिनुभएको भएको थियो |