गैर आवासिय नेपाली संघ ,क्षेत्रीय परिषद युरोपको अन्तरक्रिया सम्पन्न

२०७९ भाद्र २७, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भेषराज पाण्डे , तेल अभिव

विस्व भर छरिएर रहेका सम्पूर्ण नेपालीहरुको साझा संघ गैर आवासिय नेपाली  संघले समयसमयमा विभिन्न अनलाइन अन्तरक्रियात्मक कार्यक्रमहरु गर्दै आएको छ। सोही अनुसार आइतबार तदनुसार सेप्टेम्बर ११ मा “आर्थिक व्यवस्थापन र पारदर्शिता संम्वन्धी” शिर्षकमा भर्चुअल अन्तर्किया तथा ट्रेनिङ्ग सम्पन्न गर्यो। आर्थिक पारदर्शिता, सकुशल आर्थिक व्यवस्थापन र आर्थिक संकलनमा केन्द्रित सो एक दिने कार्यक्रममा विश्वभरबाट नेपाली युवाहरुले सहभागिता जनाउनु भएको थियो।

एन आर एन ए का संस्थापक अध्यक्ष डा० उपेन्द्र महतोले गैर आवासिय नेपाली अभियानको बारेमा र आर्थिक पारदर्शिताका बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसैगरी संस्थाका रास्ट्रिय समन्वय परिशदहरुमा आर्थिक पारदर्शिता र त्यस्को सकरात्मक असर सम्बन्धी विशेष छलफल भएको थियो । साथै सामाजिक कामका लागि सफल रूपमा आर्थिक संकलन कसरी गर्ने ,आर्थिक संकलन र व्यवस्थापनमा आइटी टुल्सहरूको प्रयोग कसरी गर्ने भन्ने बारे पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय