चितुवा सँगको लडाइमा ३० वर्षीय गुल्मेली युवाको जित

२०७९ भाद्र २६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भेषराज पाण्डे ,ए वान नेपाल

रेसुङ्गा नगरपालिका -६ ,गुल्मीका ३० वर्षीय यम कुँवर आइतबार बिहान ७ बजे तिर चितुवाको आक्रमणमा परेका छन्। घर नजिकै रहेको आफ्नो  पसल जाने बाटोमा आफ्नै भाई तोम कुंवरको कुखुरा फारम पर्छ। त्यहि बाटो हुदै पसल तिर जादा कुखुरा फारममा चितुवा पसेको उनले देखे पश्चात् त्यसलाई धपाउन खोजेका थिए।  त्यहि समयमा चितुवाले उनीमाथि आक्रमण गरेर कोदो बारीबाट घिसार्दै करिब ६० मिटर पर सम्म लागेको थियो। केही समय पछी उनले चितुवाको काधमा चढेर त्यसको टाउको र अघिल्ला खुट्टा नियन्त्रणमा लिई मुडाले हिर्काएका थिए। गाउलेलाई गुहारे पछि आएका छिमेकीहरु समेत चितुवा नजिक हुन डराएका थिए। खबर पुगेपस्चात वन कार्यालय,गुल्मीका कर्मचारीहरु  र प्रहरीहरु त्यहा पुगेका थिए।

चितुवा सँगको आक्रमणमा परेका यम कुँवर जिल्ला अस्पताल,तम्घासमा सामान्य उपचार पश्चात घर फर्केका छन् भने करिव ५ फिटको उक्त मृत चितुवालाई वन कार्यालय तम्घास,गुल्मीमा राखिएको छ। चितुवाले तोम कुँवरको फार्मका ६१ कुखुरा खाईदिएको हुदा सोहि अनुसारको क्ष्यतिपूर्ती वन कार्यालयले व्योहोर्ने आस्वासन दिएको खबर घटना स्थलबाट सविता कुँवरले जानकारी गराउनु भयो।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय