मन मिल्दा सम्म चमत्कार,मन नमिल्दा बलात्कार

२०७९ भाद्र २३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

यौनलाई गास, बास र कपास जत्तिकै महत्वपूर्ण आधारभूत आवस्यकताको रुपमा राखिएको छ। सबै जीवित प्राणीहरुमा यौन आवस्यक तत्व हो ।  यति मात्र हो कि पश्चिमा देशहरुमा यसलाई सजिलै स्विकारिन्छ भने पूर्वीय समाजमा अझै पनि विवाह अगाडीको यौन सम्बन्ध स्वीकारीदैन, पर पुरुष र पर महिला सङ्गको सम्बन्धलाई पनि हेर्ने नजर फरक छ।  विवाह पछि पनि घर, परिवार अनि समाजको डरले भए पनि जति सुकै असहज अवस्था रहे पनि सम्बन्ध बचाउनै पर्ने वाध्यता पनि छ।  अरुको लागी भए पनि खुसि बनिदिनु पर्छ भन्ने मानसिकताले गर्दा पनि यौन संग सम्बन्धित समस्याहरु पूर्वीय समाजमा बढिरहेका छन्।

नेपालको सन्दर्भमा भन्नुपर्दा कानुनको कारणले गर्दा, या महिला अधिकारकर्मीहरुको दवदवाले गर्दा हो या पुरुशवादी सोच हावी भएर हो,सबैलाई समान खालको कानुनी उपचार भएको पाइदैन।  जसरी मन मिल्दा सहमतीमा सहवास आनन्दमय बन्छ , त्यसपस्चात पनि त्यसरी नै सम्वन्ध हुदैँ गर्दा समस्या नआउला तर सम्बन्धमा केही चिसोपना आउन थाल्यो भने त्यो आनन्दमय क्षण नै जीवनको सबै भन्दा ठूलो भुल बन्न सक्छ।  हुन त सुरक्षित शारीरिक सम्बन्ध राख्दा दुवै पार्टनरको  लागी नराम्रो त हुदैन तर पनि स्वार्थ मिस्रित सम्बन्धले करिअर नै बिगार्न सक्छ भन्ने प्रशस्त ज्वलन्त उदाहरणहरु हामीहरु समक्ष्य छन्।  नेपाली चलचित्रमा एक परिचित नाम पल शाह नाबालिका करणी आरोपमा फसेका छन्। बलात्कृत भएकी भनिएकी गायिका समिक्ष्या अधिकारीले अरुले दवाव दिएर केस दर्ता गरेको भनेर पछि केस फिर्ता लिन पनि खोजेकी थिइन् तर पनि भर्खर मात्र जिल्ला अदालतले दुई वर्ष जेल र २५ हजार जरिवाना साथै नाबालिकालाई १० लाख रुपिया दिनु पर्ने फैसला सुनायो।  यो सुनुवाई संगै  शाहका वकिलले उच्च अदालतमा जाने बताएका छन्। यदी सहमतिमै शारीरिक सम्बन्ध राखिएको हो भने बलात्कारको आरोपमा कानुनी उपचार किन खोजिनु ? हनी ट्रापमा पारेर पैसा असुली गर्नेहरुको संख्या बढ्दै गर्दा कसैले भनेकै आधारमा कसैलाई पनि फसाउनु जायज हैन।

केही समय अघि तत्कालिन प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महरा पनि आफ्नै सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई करणी गरेको आरोपमा फसेका थिए। यदि यो नि सत्य नै थियो भने महरालाई कानुनी दायरामा किन ल्याइएन ? राजनैतिक पहुचको आधारमा कानुनलाई आफ्नै कब्जामा पार्ने हो भने “सानालाई ऐन,ठूलालाई चैन” भन्ने भनाई कहिले सम्म सार्थक हुने ?

यस्तै अर्को ज्वलन्त उदाहरण भर्खरै बाहिरिएको छ , चर्चित क्रिकेटर सन्दीप लामिछानेको।  भदौ ५ गते एक जना नाबालिकालाई काठमाडौका विभिन्न ठाउमा घुमाएर राती होटेलमा लागी बलात्कार गरेको मुद्दा जाहेर गरिएको छ।  तथापि लामिछानेले यसको खण्डन गर्दै आफु आवद्द रहेको क्रिकेट संघ नेपाल (क्यान)संग परामर्श थालेका छन्।

पछिल्लो समयमा नेपालको कानुन बारे पनि प्रश्नहरु उठ्न थालेका छन् ,नेपालको कानुन कतै महिला लक्षित मात्र भएका हुन् कि ? महिला बलात्कारका मुद्दाहरु, पुरुष बलात्कारका मुद्दाहरुको तुलनामा हावी भएका हुन् कि ? श्रम गरी विदेशी भूमिबाट फर्कदै गर्दा न श्रीमती न सम्पत्ति भएर तनावमा रहेका पुरुषहरुबारे पनि सोच्नु पर्ने हो कि ? कसैलाई बदनाम गराउन अर्थात पैसा असुली गर्न लगाईने बलात्कारका आरोप बारे अझ सोच्नु पर्ने हो कि? समहतीमा गरिने सहवास पश्चात केटाले पनि कुनै केटीले बलात्कार गरेको भनी मुद्दा जायर गरेमा ?

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय