एन आर एन को परियोजना-पढ्दै र कमाउँदै

२०७९ भाद्र २२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान नेपाल ,भेषराज पाण्डे

विश्वमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुको साझा संगठन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विभिन्न सामाजिक क्षेत्रमा कामहरु गर्दै आएको छ। अहिले एनआरएनए का उपमहासचिव रामशरण सिमखडाको सिम्खडाको संयोजकत्वमा विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन एनआरएनएले करिब १० करोड रुपैयाँ बराबरको ” पढ्दै र कमाउँदै” परियोजना सञ्चालनमा ल्याउने भएको छ।

६ वर्षको अवधि हुने उक्त परियोजनाको मुख्य उद्देश्य विद्यालयस्तरका १० वर्षदेखि १८ वर्षसम्मका विधार्थीहरुलाई व्यवासायिक शिक्षा प्रदान गर्दै आर्थिक रुपमासमेत सबल बनाउने रहेको एनआरएनएले जनाएको छ। यो परियोजनाले अभावका कारण बीचैमा पढाई छोडेर वैदेशिक रोजगारी जाने बिपन्न वर्गलाई लक्षित गर्दै  विद्यार्थीहरुका परिवारलाई आवश्यक पर्ने अन्य सहयोग, ज्ञान, सीप, तालिम, प्राविधिक सहयोग, बजार व्यवस्थापनको लागि आवश्य सहयोग गर्ने छ।

पढ्दै र कमाउँदै परियोजना सम्पन्न गर्न गैरआवासीय नेपाली संघले गठन गरेको कार्यदलको अध्यक्षमा संघका उपमहासचिव रामशरण सिम्खडा छन् भने उपाध्यक्षहरुमा रबिन्द्र खड्का (डेनमार्क) मिलन छन्त्याल (आयरल्याण्ड) छन्। त्यसरी नै कार्यदलको सदस्य सचिवमा बाबा राजेश्वोरी थापा अष्ट्रिया, र सदस्यहरुमा राजु अर्याल नर्वे, दिपक शर्मा अस्ट्रेलिया, विष्णु राना मगर अमेरिका, तेजबहादुर थापा साउदी अरब, नविन बिक चीन, आरपी पन्त सेयचेल्लेस, लाल केसी न्युजिल्यान्ड, हरि भट्टराई बेल्जियम, सुनिल रानाभाट स्पेन, लक्ष्मी गिरी बहराइन, दीपक श्रेष्ठ युके, ल्हाक्पा तेन्जी शेर्पा रोमानिया, देवी पौडेल मोजाम्बिक, संगीता अधिकारी सुबेदी जापान, राजकुमार उपाध्याय अष्ट्रिया, सुभा एल्मेर लामा स्वीजरल्याण्ड, रञ्जित क्षेत्री मलेसिया, प्रदीप न्यौपाने चीन, सरस्वती खनाल साइप्रस, सन्तोष भट्ट जर्मनी, डा. बिनोद पौडेल टर्की छन्।

यस्तै कार्यदलको सल्लाहकारमा नेपाल सरकारका पूर्वसचिव किशोर थापा, महिला योजना आयोग प्रमुख लिली थापा, एनआरएनए उपाध्यक्ष डा.विष्णुमाया परियार, एनआरएनए अध्यक्ष डा.बद्री केसी, जनज्योती उमाविका प्रधानाध्यापक नारायण सिग्देल छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय