
ए वान नेपाल , भेषराज पाण्डे
मंसिर ४ गते तय गरिएको आवधिक चुनाव नजिकिदै गर्दा राजनैतिक दलहरुबीच रस्साकस्सी चल्न थालेको छ। हिजो एकले अर्कोलाई तथानाम गालि गर्नेहरु पनि यतिबेला चुनावी साठगाठमा नजिकिदै छन्। नेपाल हिन्दु राज्य हुनु पर्ने भनि माग गर्दै आएको रास्ट्रीय प्रजातन्त्र पार्टीलाई राजेन्द्र लिंग्देनले हाक्न थालेपछि विभिन्न उतारचढावका वावजुद पनि यो दलले झन चर्चा बटुल्दै आएको छ। निवर्तमान अध्यक्ष्य कमल थापा दलको अध्यक्ष्यमा पराजित भए संगै उनी लगायत उनका पक्ष्यधरका नेताहरुको दल परित्यागले पर्नु सम्मको असर परेको यो दलमा फेरी चिसोपना बढ्न थालेको पाइन्छ। चुनाव नजिकिदै गर्दा रा प्रा पा रुपन्देहीका जिल्ला उपाध्यक्ष्य अजय कुमार गुप्ता र रुपन्देही ३ ( क) का अध्यक्ष्य अध्यक्ष्य अर्जुन थापाले पार्टी सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। रुपन्देही जिल्लामा देखिएको यो चीसोपनाले रा प्रा पा लाई आउने चुनावमा असर पर्ने देख्न सकिन्छ तथापी सत्ताको लागि मात्र मरिहत्य गर्ने अहिलेका ठूला दलहरु देखि वाक्क भएका युवा जमातको ध्यान भने यो दलतिर आकर्षित भएको पाइन्छ।