
भेषराज पाण्डे , तेल अभिव
लामो समय पछि इजरायल र नेपाल सरकारबीच भएको सम्झौता अनुसार नेपाली युवाहरु इजरायलमा केयर गिभरको रुपमा कार्यरत हुदै आएका छन। आफुलाई मन नपरेको अवस्थामा आफु कार्यरत कम्पनि छोड्न मिल्ने र रोजगारदातालाई मन नपरेको अवस्थामा कामदार निकाल्न मिल्ने खालको नियम अनुसार नेपाली युवाहरु एक कम्पनि छोडेर अर्को कम्पनीमा जाने क्रम बढिरहेको छ। कनट्राक्ट पेपरमा भनिएअनुसार सेवा सुविधा नपाएको निहुमा नेपाली युवाहरुले काम गर्ने कम्पनि छोडिरहेको पाइन्छ । विशेषगरी काम गर्ने समय न्युनतम दिएको हुदा पैसा सोचे जस्तो कमाउन नसकिएको यसरी काम छोड्नेहरु बताउछन। प्रति घण्टा २९.१२ सेकेल ( न्युनतम रकम) अनुसार कनट्राक्ट गरीए पनि यहा कुनै कम्पनीहरुले प्रति घण्टान ३५ सेकेल सम्म दिने हुदा पैसाको लोभमा कम्पनि छोड्ने एका तिर छन् भने कम्पनिले निकालिदिएर काम छोड्न वाध्य हुनेहरु पनि उत्तिकै छन्।
विशेषगरी भाषामा समस्या आउदा र अरु देशका कामदारले जसरी काम छिटो छिटो गर्न नसक्दा नेपालीहरु पहिलो प्राथमिकतामा पर्न सकेका छैनन्। जसको फलस्वरूप विभिन्न वहाना बनाएर नेपालीहरुलाई राजिनामा लेख्न वाध्य पारीएको छ। यसले गर्दा वेकामे भएर अपार्टमा बस्न बाध्य भएको केही युवाहरुले दुखेसो पोखेका छन्। एक महिना यत्तिकै बेकामे भएर कोठामा बस्न वाध्य भएको आवास बि क ( नाम परिवर्तन) ले बताएका छन्। एक जना बाजेलाई लडाएको निहुमा कम्पनीले निकालिदिएपछि अग्रज दाईहरुको अपार्टमा बस्दै काम खोज्दै गर्दा एक महिना लागेको उनी बताउछन।
यसरी नै नेपाल फर्कने युवाहरुको संख्या पनि बढिरहेको तेल अभिव स्थित नेपालि राजदुतावासले जनाएको छ। एक दशक भन्दा पहिला आएका नेपाली कामदारको नेपाल फर्कनु स्वाभाविक भए पनि यहा आएको केहि महिनामा नेपाल फर्कनु अस्वाभाविक हो। केहि दिनमा नेपाल जानलाई टिकेट लिएर बसेकी सुनिता लामा ( नाम परिवर्तन) स्वास्थ्य समस्याको कारण इजरायल आएको छ महिना मै स्वदेश फर्कन लागेको बताउछिन। यहा सोचे जसरी काम पनि गर्न सकिएन र स्वास्थ्य समस्या पनि देखिएकाले नेपाल फर्कने तयारीमा रहेको उनि बताउछिन।