भारतको सुखद सुरुवात

२०७९ भाद्र १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भेषराज पाण्डे , तेल अभिव

आइतबार राती दुबईमा भएको एसिया कप क्रिकेट अन्तरगतको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै प्रतियोगितमा भारतले सुखद सुरुवात गरेको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५ ३५ रन बनाए । यस्तै हार्दिक पाण्डयले अविजित ३३ रन बनाए । पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय