पानस इजरायलले शनिवार दिउसो तेलअभिवमा तीजको कार्यक्रम गर्दै

२०७९ भाद्र ९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को इजरायलस्थित भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) इजरायलले हरितालिका तीज विशेष कार्यक्रम गर्ने तयारी गरेको छ ।
पानस इजरायलले केन्द्रिय अध्यक्ष राजेन्द्र लिंग्देनको विशिष्ट आतिथ्यतामा लिंग्देनको शुभकामना सम्वोधन र केन्द्रिय प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवास विभाग प्रमुख आनन्द अधिकारी तथा केन्द्रिय सदस्य चर्चित सिने अभिनेतृ रेखा थापाको समेत भर्चुअल सहभागितामा तीज विशेष तथा परिचयात्मक कार्यक्रम गर्ने तयारी गरेको संस्थाकी प्रवक्ता सुनिता भट्टराईले ए१नेपाल डट कमलाई जानकारी गराइन ।
तेलअभिवको व्यस्त सडक नेभेसनान ३७ स्थित एक हलमा  शनिवार दिउसो करिव १ बजेबाट शुरुवात हुने उक्त कार्यक्रममा सामान्य रुपमा दरको समेत व्वस्था रहने आयोजकले जनाएको छ ।

गत ३१ जुलाईमा आफ्नो एतिहासिक दोस्रो अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेपछि समितिले आफ्ना गतिविधिहरुलाई ह्वात्तै वढाउदै लगेको छ ।   यससँगै सोही अन्तरगत पानस इजरायलले तीजको दर तथा नाचगान कार्यक्रम गरी इजरायलमा पहिलो पटक आफ्नो शक्ति प्रदर्शन गर्न खोजेको वुझिएको छ ।

पानस इजरायलले कार्यक्रममा उपस्थित भइ तीजको सांगितिक माहौलको भरपुर मनोरञ्जन लिन इजरायलवासी नेपाली दिदिवहिनीहरुमा आयोजकले आङा्वान

एनवि (अर्जुन) वस्नेतको नेतृत्वमा ३१ सदस्यिय जम्वो कार्यसमिति चयन गरेको पानस इजरायलले हाल सम्म इजरायलमा १ सय ५० भन्दा वढि साधारण सदस्यता वितरण गरिसकेको दावी गरेको छ । आफ्नो साघुरो परिधीलाई फराकिलो वनाउन खोजेको राप्रपा इजरायलले देशको खस्किदो अवस्था र  पार्टीको लोकप्रिय एजेन्डाका कारण राप्रपामा आवद्द हुन चाहाने इच्छुकहरुको संख्या दिन प्रतिदिन वढ्दो रहेको बताउछन महामन्त्री राम गोपाल भण्डारी ।

समितिको वरिष्ठ उपाध्यक्ष पुरुषमा सुमन तिमल्सिना, वरिष्ठ उपाध्यक्ष महिलामा सुमी शाही, उपाध्यक्षमा सृष्टी लिम्वु र हिरा लामा रहेका छन् भने महामन्त्रीमा राम गोपाल भण्डारी रहेका छन् । त्यस्तै सह-महामन्त्रीमा सुनिता गिरी, सह सचिवमा शान्ति खापुङ, कोषाध्यक्षमा राजा केसी, सह-कोषाध्यक्षमा सरु वुढाथोकी, प्रवक्तामा सुनिता भट्टराई र सह-प्रवक्तामा शिसिर खनाल रहेका छन् । त्यस्तै सदस्यहरुमा क्रमश: समिर थापा मगर, सञ्जय श्रेष्ठ, धनु फागो लिम्वु, जगत वस्नेत, लक्ष्मी तामाङ, कौशिला राई, दिपक भट्टराई, नागिना चौधरी, पुजा शर्मा, राज व. खत्री, दिपक शर्मा, दिपक पाण्डे, बिक्रम खत्री, सतिश चोख्याल, विनिता अधिकारी, इन्द्र गौतम, राजेन्द्र लामिछाने, कुमारी बस्नेत र आशा लिम्वु राई रहेका छन् ।

समितिको संस्थापक संरक्षकमा निवर्तमान अध्यक्ष रमेश शर्मा अर्याल तथा पान अन्तराष्ट्रिय सदस्यमा इजरायलको तर्फबाट रश्मी शर्मा अर्याल नै यथावत रहेको पानस इजरायलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय