
काठमाडौ
नेवार समूदायमा मनाइने गाईजात्रा पर्वलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले फरक तरिकाले मनाएका छन् ।
तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायका सदस्यले गाईजात्रालाई प्राइड डे अर्थात गौरव दिवसका रुपमा मनाएका छन्। १९ वर्षदेखि गाईजात्राका दिन तेस्रोलिंगी, समलिंगी, अन्तरलिंगी समुदायले गौरव दिवसका रुपमा मनाउँदै आएका छन् ।
राजधानीको ठमेल मा रहेको सञ्चयकोष भवन अघिल्तिरबाट सुरु भएको र्याली वसन्तपुर हुँदै टुँडिखेलसम्म आएको थियो । र्यालीपछि सांगीतिक कार्यक्रम समेत गरिएको छ ।