
भेषराज पाण्डे , ए वान नेपाल
तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको इजिप्टको मध्यस्थतामा युद्द विराम गर्ने सहमति सोमबार भएको छ ।
सोमबार इजरायलले गाजा क्षेत्रमा राखिएका अवरोध हटाएपछि इन्धनका ट्याङ्कहरू पनि स्वस्फुर्त इजरायल प्रवेश गरेका छन् ।आइतबार साँझ प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले यस भिडन्तमा मारिने ४४ जनामध्ये १५ जना बालबालिका भएको पुष्टि गरेको छ । तीनसय जना भन्दा बढी घाइते भएको यस भिडन्तको कारण इजरायलको आक्रामक नीति भएको प्यालेस्टाइनको आरोप छ ।