
भेषराज पाण्डे,इजरायल
शुक्रबार बिहान इजरायलद्वारा प्यालेस्टाइनको गाजामा गरिएको हवाई आक्रमणबाट प्यालेस्टिनी लडाकु समूहका शीर्ष कमान्डरसहित १५ जना जना मारिएका छन् । धेरै घाईते रहेको सो आक्रमणमा १० जना मारिएको प्यालेस्टाइनले जनाएको छ।
इजरायलका प्रधानमन्त्री याइर लापिङले प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बाट जोखिम देखिएपछि यो कारबाही गरेको बताउनुभएको छ ।
इजरायालको सो हवाई आक्रमणको प्रतिक्रिया स्वरुप इजरायलमा सयभन्दा धेरै रकेटहरु गाजा बाट प्रहार गरिए पनि कुनै क्ष्यति भएको पाइएको छैन । इजरायलका मुख्य सहरहरुमा शुक्रबार रातभरी रकेटका साईरनहरु बजेका थिए। साथै इजरायलको हवाई आक्रमणको जवाफ दिने प्यालेस्टाइनी विद्रोहीले चेतावनी दिएको छ ।