हृदय विदारक घटना,वैदेशिक रोजगारको प्रभाव

२०७९ श्रावण १६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

भेषराज पाण्डे

संघिय राजधानी  काठमाडौको काभ्रेस्थलीमा सोमबार भएको घटनाले वैवाहिक जिवनबाट असन्तुष्ट सबै जोडीहरुलाई आशंकीत पारेको छ।  सो घटना गराउने दिनेश पाण्डेले श्रीमती सुनिता पाण्डे,१३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिकको हत्या पश्चात आत्मा हत्या गरेका छन् । मृतक दिनेशले लेखेको सुसाइड नोटको आधारमा हत्या आफै गराएको प्रहरीले दावी गरेका छ। छिमेकीका अनुसार वैदेशिक रोजगारमा रहेका दिनेशले कमाएको कमाईबाट काठमाण्डौमा घर बनाईएको तर पछी श्रीमतीले आफ्नै नाममा सारेको पाईएको छ। लामो समय देखि नै यो जोडी बिचको सम्बन्ध नराम्रो रहेको र एकले अर्कोलाई आशंकाको दृस्टीले हेर्दै आएका थिए। एउटै  घरमा बसेता पनि संगै नसुत्ने र खाना पनि अलग अलग खादै आएको कुरा थाहा हुन आएको छ। सुनिताले मास्टर डिग्री अध्ययन गरेकी तर दिनेशले वैदेशिक रोजगारको कारणले गर्दा  ४१ वर्षको उमेरमा भर्खर १२ कक्ष्या पढ्दै गरेको छिमेकीले बताएका छन्। आफु बेघर भएको ,श्रीमतीको माया नि नपाएको र पारापाकुचे पनि नदिएकोले उनको हत्या गरि आफु आत्महत्या गरेपछि बच्चाबच्चीको बिचल्ली हुने भएकोले गर्दा छोरा र छोरीलाई पनि संगै लगेको सुसाइड नोटमा लेखिएको पाईएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय