अमेरिकामा आगलागी

२०७९ श्रावण १४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अन्तरास्ट्रिय एजेन्सी ,

अमेरिकाको मोन्टाना क्षेत्रमा  शुक्रबार राति २,००० एकड जङ्गलमा लागेको आगोले आवासिय ठाउमा पनि प्रभाव पारेपछि सतर्कताका कार्य अगाडी बढाईएको छ।

मोन्टाना राइट नाउ मिडिया संगठनका अनुसार फ्ल्याटहेड ताल नजिकैको एलमो शहरको जंगलमा शुक्रबार आगलागी भएको थियो।

सीएसकेटीका फायर अफिसर सी.टी. क्यामलले एलमो नजिकका करिब तीन दर्जन घर खाली गराइएको जानकारी दिए। मोन्टाना यातायात विभागका अनुसार डढेलोका कारण हट स्प्रिङस र एलमो बीचको राजमार्ग कारण बन्द गरिएको छ भने आगो नियन्त्रणको लागि  ट्याङ्कर र हेलिकप्टरबाट पानी झारिरहीएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय