पानस-इजरायलको दोस्रो अधिवेसन

२०७९ श्रावण १३, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान नेपाल , भेषराज पाण्डे

घरदेश बाट टाढा रहेका सम्पूर्ण नेपालीहरुको साझा मंच प्रवासी नेपाली एकता समाज ( पानस) – इजरायलको दोस्रो ऐतिहासिक अधिवेसन अनलाइन मार्फत हुने भएको छ।  जुलाई ३० तारिखमा हुन तय गरिएको सो अधिवेसन पश्चात नयाँ पदाधिकारीहरुले कार्यभार सम्हाल्ने छन्।  ” रास्ट्रियता , प्रजातन्त्र र उदारवाद“को नारा अंगीकार गरेको पानसको सो कार्यक्रम जुम एप मार्फत गरिने बताईएको  छ।  विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली मनहरु सो भर्चुअल कार्यक्रममा जोडिनको लागि अधिवेशन सुरु हुनु केहि समय अगाडि दिईने लिंक प्रयोग गर्न सक्ने छन्।  श्री रमेश शर्मा अर्याल संयोजक रहेको सो अधिवेशन इजरायली समयानुसार दिउसो २ बजे सुरु हुने जानकारी अधिवेशन सह संयोजक श्री कृष्ण भण्डारीले गराउनु भयो  ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय