जनार्दन शर्मालाई पानी माथि ओभानो राख्ने निर्लज्ज खेल

२०७९ श्रावण १०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान नेपाल,भेषराज पाण्डे

आर्थिक वर्ष २०७९/२०८० को वजेट निर्माणको बेलामा एक विदेशी नागरिकलाई अवैधानिक तरिकाले सिंहदरबारमा बोलाईएको भनि सदन देखि सडक तातेपछि तात्कालिक अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका थिए।  सो विषयमाथी छानविन गर्न भनि एउटा समिति पनि बनाईएको थियो। नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको रिपोर्ट संसदको विशेष समितिका सदस्यहरुले हेर्दा कोही पनि छिरेको पुष्टि हुन सकेन भनि आज बताइएको छ।  विश्वस्त स्रोतका अनुसार अर्थ मन्त्रालयमा पसेको नभेटिएपछि सिंहदरबारस्थित मूल गेटको फुटेज मागियो । तर, उक्त फुटेज १६ दिनमात्र रहने भनी गृह मन्त्रालयले पत्र पठायो ।

यसरी आरोप पुष्टि नहुने भएकाले शर्मा फेरि अर्थमन्त्रीका रुपमा फर्कने बुझिएको छ। सो गलत प्रतिवेदन बनाई गठवन्धन बचाउने अनि सरकार टिकाईराख्ने खेलमा सत्तामा रहेका दलहरु लागेको प्रष्ट हुन्छ। यदि यसरी नै आफुलाई कम्युनिष्ट भन्नेहरु सत्ताको मरिहत्य गर्ने र भएभरको शक्ति भक्ति लगाएर भए पनि आफ्नो दुनो सोजाउने काममा लाग्ने हो भने अरु बाट के आश गर्ने ? पैसा पाउने आशामा स्वदेशी उत्पादनलाई खाडलमा हाल्न लगाउने तर विदेशी वस्तुको आयातलाई प्रशय दिने गरि अर्थ नीति बनाउने हो भने देशको विकाश कहिले होला ?

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय