नागरिकता विधेयकको विरोध की समर्थन ?

२०७९ श्रावण ८, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए वान नेपाल, भेषराज पाण्डे

नागरिकता संग सम्बन्धित मुद्दाहरु नेपालमा लामो समय देखि चल्दै आईरहेका छन्। देशको हितमा रहन्छ या भविष्यमा रास्ट्रलाई असर पार्छ भन्नेमा सर्वत्र चर्चा चल्दै आईरहेको बेला सेर बहादुर देउवाको सरकारले सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल समेतको सहयोगमा उक्त विधेयक प्रतिनिधिसभाबाट शुक्रबार पारित गरेको हो । तथापि सो विधेयकलाई लिएर अहिले सत्तारुढ दलहरुमा  नै विभाजनको फाटो आउन थालेको देखिन्छ।

विशेषगरी तराई केन्द्रित दलहरुले लामो समयदेखि जोड दिदै आएको सो विधेयक प्रतिनिधि सभाबाट पारित हुदा ति दलहरु धेरै खुसि देखिन्छन भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र आफु अनुकुल अभिव्यक्ति दिदै आएका छन्।  विशेषगरी स्वतन्त्र युवाहरु यो विधयेकको विरोधमा सडकमा उत्रिएका छन्।  भोलिका दिनमा नागरिकता दिने प्रावधानमा खुकुलोपन ल्याउदा नेपालको अस्तित्व नरहने र खुला सीमाको फाइदा लिदै भारतीय नागरिकलाई नेपाली नागरिकता लिन सजिलो हुने आङ्कलन उनीहरुको छ।

तर प्रतिनिधिसभाद्वारा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ पारित भएकोमा गैरआवासीय नेपाली सङ्घले स्वागत गरेको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का कार्यकारी अध्यक्ष कुल आचार्यले विधेयक पारित भएसँगै विश्वभर रहेका नेपालीहरूलाई मातृभूमिसँग जोड्ने र नेपालमा विदेशी लगानी भित्र्याउन सहज हुने बताए । विदेशमा रहेका आम नेपालीहरुले अब मातृभूमिको ऋण तिर्न बाटो खुलेको एन आर एनको बुझाई छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय