इजरायलमा तीज धमाका-२०७९ को भव्य तयारी

[addthis tool="addthis_inline_share_toolbox"]
द्वारा प्रकाशित गरिएको हो |
२०७९ श्रावण ३, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए१न्यूज इजरायल भेषराज पाण्डे

लामो समयको कोरोना महामारीपश्चात इजरायलमा रहेका नेपाली दिदि वहिनीहरुले पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीज चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा विशेष सांगितिक कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।

रोजगारीका लागि परदेशिएका नेपालीहरु बर्ष दिनमा आउने चाडबाड मनाउन घरदेश जान असहज हुने हुदा कर्मभुमीमै आफ्ना लोकप्रिय कलाकारहरुलाई आमन्त्रण गरी उनीहरुसँग रम्दै चाडबाट मनाउने गर्दै आइरहेकोमा  यस बर्ष पनि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी)  इजरायल र झापाली समाज इजरायलको मुल आयोजना  तथा हिन्दु जागरण नेपाल अभियान इजरायल, नमस्ते नेपाल हातेमालो सामाजिक संस्था, इन्डियन गोर्खा एसोसिएसन इजरायल, चितवन समाज इजरायल ,सहृदयता अन्तराष्ट्रिय, मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको संयुक्त आयोजनामा सम्पन्न हुन गइरहेको बताइएको छ ।

चर्चित लोक गायिका टिका सानु, लोक गायक कुलेन्द्र विश्वकर्मा, गायक राजनराज शिवाकोटी, र गायक पुष्पन प्रधानको जोडदार सांगितिक प्रस्तुति रहने गरी  आयोजना गर्न थालिएको ‘हरितालिका तीज मेघा महोत्सव २०७९’ नाम दिइएको सो कार्यक्रमको हाकेरेन वर्कर्स फन्ड, गोर्खा किचेन ,मोबाइल होम र ओम इन्डियन स्टोरले प्रायोजन गरेका छन् भने  ए१नेपाल डट कम, तिनजुरे अनलाइन, हाम्रो दमक डट्कम ,स्वदेश नेपाल डट्कम, फिस्टेल न्युज  र अर्घाखाँचीबुलेटिन डट्कमको मिडिया साझेदारी रहेको छ ।

तेलअभिव युनिभर्सिटीको सुविधा सम्पन्न स्मोलार्ज अडिटरिएममा आयोजना हुन गइरहेको उक्त कार्यक्रमलाई ऐतिहासिक वनाउन विगतका भएका कार्यक्रमहरुमा जस्तो खादा, माला र भाषणलाई कार्यक्रम तालिकामा नै नराखी मनोरञ्जनलाई नै प्रार्थमिकता दिने गरी योजना तय गरिएको आयोजकले जनाएका छन् ।

आयोजकले  कार्यक्रम हलको वाहिर  वेलुका साढे ७ बजेदेखि  ८ बजेसम्म निशुल्क तीजको दर खाने व्यवस्था रहेको जनाउदै साढे ८ बजेदेखि कार्यक्रम शुरु भइसक्ने जनाएका छन् ।

कार्यक्रममा दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै निशुल्क यातायातको व्यवस्था गरिएको आयोजकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

बिशेष

युद्द विराममा , इजरायल र प्यालेसटाइन

युद्द विराममा , इजरायल र प्यालेसटाइन

भेषराज पाण्डे , ए वान नेपाल तीन दिनसम्म इजरायलले प्योलस्टाइनी इस्लामिक जिहाद (पीआईजी)विरुद्ध गर्दै आएको आक्रमणले  गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनी लडाकुहरूबीच चल्दै आएको युद्धको..