डलरको धन्दा !! – मोहन लामा रुम्वा

द्वारा प्रकाशित गरिएको हो |
२०७९ जेष्ठ १५, मा प्रकाशित
अनुमानित पढ्ने समय : 5 मिनेट
फाईल तस्विर

– मोहन लामा रुम्वा
कथा लामो छ, यहाँनेर मैले संक्षिप्त टिप्पणी मात्रै गरेको छु, कसरी भूमिगत माओवादी लडाकुहरुले एउटा निर्दोष किशोरको अनाहकमा ज्यान लियो, छोराको मृत्युले पुत्र वियोगमा परेको पितालाई न्याय दिन्छु भन्दै NGO हरुले कसरी Emotional blackmailing गरेर व्यापार गरियो, अनि हत्याको आरोपित सर्वसाधारणहरुको कसरी जीवन बर्बाद पारियो भनेर छोटकरीमा आज चर्चा गर्दै छु जुन कुनै मिडियाले जमिनी सत्य उजागर नगर्ने पाटोको यहाँनेर थोरै उजागर गर्दै छु।
विषयमा प्रवेश :
दृश्य एक : ०६५ सालतिर एकपटक चिया पसलमा हामी गफिंदै थियौं, त्यो पसलमा कान्तिपुर पत्रीका पढ्दै एकजनाले कुरा निकाल्दै भने अब प्रचण्डलाई “हेगमा” लैजान्छ होला ! मैले भनें केही पनि हुन्न आउने संविधानमा प्रचण्डले धर्म निरपेक्ष र संघीयताको एजेन्डामा अडान राखे सम्म केही पनि हुन्न ! यो त उनलाई गरेको ब्ल्याक मेलिङ मात्रै हो भनें।
कान्तिपुर पत्रीकाको हेडलाईन समाचार थियो गोर्खा फुजेलको कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कार्वाही गरि पाउँ भनेर उनको बुबा-आमाले अनशन बसेको तस्वीर राखेर समाचार प्रकाशित गरेको थियो।
दृश्य दुई : मृतक कृष्णप्रसाद अधिकारीको दाजु नुर प्रसाद अधिकारी एकपटक ०६९ सालतिर होला चितवनमा (जिरौना)आएको थियो, एउटा महंगो गाडीमा चढेर वरिपरि चार पाँच जना सुरक्षा गार्ड बोकेर आएको थियो, उनको हाउभाउ हेर्न लायक देखिन्थे त्यतिबेला।
दृश्य तीन: सुशील कोइराला महाराजगन्जमा बस्ने गरेको बेला नन्द प्रसाद अधिकारीको अनशनमा बसेको तस्वीर महाराजगन्ज नयाँ बानेश्वर सिंहदरबार अगाडिको भित्ताभरी पोस्टर टाँसेको देखिन्थ्यो।
दृश्य चार: २०७० सालतिर होला एकपटक सहिद स्मृति बहुमुखी क्याम्पसको ने. बि. संघ अध्यक्ष शिवप्रसाद पौडेल र म संगै बसिरहेको बेला एकजना अपरिचित युवा आएर भन्न थाले .” तपाई ने.बि संघको अध्यक्ष हुनुहुँदो रहेछ हाम्रो यो अनशनमा ऐक्यबद्धताको लागि हस्ताक्षर अभियान चलाइरहेको छौं त्यसैले तपाईंको संस्थाले पनि एउटा प्रेस विज्ञप्ति जारी गरिदिन पर्‍यो भनेर आग्रह गरे।
मैले ती भाइलाई भनें, हेर भाई यो एउटा INGO ले तिमिहरुलाई घुमाइरहेको छ, यो मुद्दा माओवादीलाई ब्ल्याक मेलिङ गर्न सम्म हो नुर प्रसाद अधिकारीलाई त प्रयोग मात्रै भएको हो कार्वाही गर्न होइन भनेर भनें, उनलेे कति बुझे बुझेन थाहा भएन।
घटना :
घटना विवरण लामो छ, यहाँनेर सबै लेखेर साध्य छैन।
नन्द प्रसाद अधिकारीको दुई छोरा कृष्णप्रसाद अधिकारी र नुर प्रसाद अधिकारी हुन्। २०६१ साल जेठमा माओवादी आतंककारीले चितवनमा आफन्तको घरमा घुम्न आउँदा कृष्णप्रसाद अधिकारीलाई माओवादीले हत्या गर्छ। हत्या गरेको दुई दिन पछी अज्ञात समूहको नाउँमा मुद्दा दायर हुन्छ, त्यसको १८ महिना पछी किटानी नन्द प्रसाद अधिकारीले १२ जनाको नाउँमा किटानी जाहेरी दिन्छ।
छविलाल पौडेल
मेघनाथ पौडेल
परशुराम पौडेल
जानुका पौडेल
भिमसेन पौडेल
कालीप्रसाद अधिकारी (अधिकारी दाजुभाइ खलक)
हिमलाल अधिकारी ”
रामप्रसाद अधिकारी ”
अर्को रामप्रसाद अधिकारी ”
सीता अधिकारी/ ( नन्द प्रसादको साखै भाइ बुहारी)
सुभद्र तिवारी / (नन्दप्रसादको आफ्नै दिदी)
बिष्णु प्रसाद तिवारी/ (बुहारी सीता अधिकारीको दाजु)
रुद्र प्रसाद आचार्य।
यी १२ जनाको नाउँमा किटानी जाहेरी दिन पुग्छ।
छोराको हत्या २०६१ सालमा भएको थियो, २०६४ साल सम्म नन्द प्रसाद गाउँमा नै खेती-किसान गरेर बसिरहेको हुन्छ, उनलेे गाउँ छोडेर आउनको खास कारण चाहिँ माओवादी बाट विस्थापित भएको होइन, फुजेलको चमती भन्ने गाउँमा विद्युत् लाइन लैजानको लागि गाउँलेहरु मिलेर काठको पोल गाड्दै आउँदा यिनको आँगनको डिलमा एउटा पोल पर्छ, गाउँलेले पोल दिउँसो गाडेर जान्छ, नन्द प्रसादले पोल काटेर फाल्छ, पोल काटेर फालेपछी गाउँले उर्लेर आएर भनाबैरी चल्छ, फ़ेरि गाउँलेले पोल गाड्छ त्यसपछि यिनी श्रीमतीलाई बोकेर घरको ढोका जस्ताको तस्तै खुला छोडेर काठमाडौ आउँछ, गोठमा गाई वस्तु जस्ताको तस्तै छोडेर आउँदा गाई वस्तु भोकभोकै गोठमै मर्छ।
जेठो छोरा नुर प्रसाद अधिकारी काठमाडौमा पहिल्यै देखि आएर विभिन्न मानवअधिकारवादी हरुको सम्पर्कमा रहेर काम गरिरहेको हुन्छ, काठमाडौ आएपछि नुर प्रसाद अधिकारी र उनकी श्रीमती अनशन बस्न सुरु हुन्छ। जेठा छोरा नुर प्रसाद अधिकारी मानवअधिकारवादी संस्था संग मिलेर बा आमालाई अनशनमा बसाउने बन्दोबस्ती सबै जेठा छोरा बाट हुन्छ।
नेपालको प्रमुख प्रमुख मिडियामा अनशन बसेको हेडलाईन दैनिक रूपमा आउन सुरु हुन्छ, मानवअधिकारवादीको मुखियाहरुको विज्ञप्तिको लहर चल्न सुरु हुन्छ, किटानी जाहेरी दिएको हत्याका आरोपितहरुको फोटो पत्रपत्रिकामा छाप्न थाल्छ, मुलुकभर हत्यामा आरोपितहरुलाई किन कार्वाही नगरेको होला ? भन्ने आम चासो बढ्न पुग्छ जुन स्वाभाविकै हो, मुलुकभर यो मुद्दाले दिन प्रति दिन सडक देखि सदन सम्म तात्न सुरु हुन्छ।
मिडियाको कारण एक प्रकारको बाहिरी होहल्ला भए पनि वस्तुस्थिति भने यिनको गाउँमा ठिक विपरीत थियो र अहिले पनि त्यस्तै छ किनभने यिनले दिएको किटानी जाहेरीमा अधिकांश ब्यक्तिहरु माओवादीमा संलग्न व्यक्ति होइन, आफू संग अंशियार मुद्दामा( माइलो भाई बितेपछी बुहारीले अंश लिएर अलग्गै बस्न खोज्दा गाउँ भेला भएर अंशबण्ड गरेर छुट्याउने बेला) झगडामा परेर बोलचाल बन्द भएको आफ्नै सहोदर दिदी, भाइ बुहारी, भाइ बुहारीको दाजु, तेह्र दिने अधिकारी दाजुभाइहरुलाई नाम किटेर उजुरी दिएको थियो।
यतिसम्म की यहाँनेर माओवादीले हत्या गर्ने बेला नन्द प्रसादको बुहारीको दाजु बिष्णु प्रसाद तिवारी भन्ने त दिल्लीको एउटा होटलमा जागिर खाइरहेको थियो त्यस्ता सर्वसाधारण मान्छेहरूलाई मुछेर किटानी जाहेरी दिए, गाउँ छिमेकी आफन्तहरूलाई किटानी जाहेरी दिएर फसाए-पछि यिनको गाउँ समाजमा मात्रै होइन अहिले आफन्त दाजुभाइ स्टमित्र गाउँले सम्बन्ध सबै सम्बन्ध टुट्न पुग्यो, अहिले गाउँ घर समाज संग कुनै नातो सम्बन्ध छैन सबै टुटि सकेको अवस्था छ। यिनिहरुको सम्बन्ध भनेको NGO बाट परिचालित पात्रहरू अनि मिडियामा आएको समाचारलाई सत्य ठानेर भ्रममा परेकाहरु बाहेक सबै सम्बन्ध टुटेको अवस्था छ।
पुत्र वियोग भयो एउटा पिडा भयो तर आफ्नो पुरानो ईख मेटाउन निर्दोष आफन्तहरुलाई हत्याको आरोपमा मुछेर हत्याको आक्षेपमा अड्डा अदालत धाई रहनेहरुको पिडा कस्तो होला ? न त यिनिहरुको पिडाको बारेमा कोही बोल्छ न कसैले यथार्थ रिपोर्टिङ बाहिर ल्याउँछ
यिनिहरुको पिडा कसैले देखेनन् कसैले गहिरिएर बुझ्न खोजेनन् !
विडम्बना कस्तो ?
May be an image of one or more people, beard, child and people sittingमानवअधिकारवादीहरुको दबाबमा परेर सरकारले आरोपितहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यलय भरतपुरले हिरासतमा लियो, प्रहरीलाई पनि थाहा छ यिनिहरु निर्दोष हुन् त्यसो भए दोषी को त भनेर बाहिर जान सक्ने अधिकार प्रहरीलाई छैन, कृष्णप्रसादको हत्या हुँदा तत्कालीन माओवादी जिल्ला इन्चार्ज इन्द्रजीत थियो, ऊनी जिल्ला प्रहरी कार्यलयमै आएर भन्छ मेरै निर्देशनमा हत्या भएको हो सक्छौ पक्राउ गर ! उनलेे त्यहाँ मात्रै होइन सार्वजनिक रूपमा मिडियामा नै आएर बोलेको छ त्यतिबेला हत्या हुने क्षेत्रको एरिया कमान्डरको पनि नाम दिएको थियो तर प्रहरी सुनेको नसुनेको गर्छ, चितवन जिल्ला अदालतले सबैलाई निर्दोष भनेर सफाइ दियो त्यसलाई अनुमोदन गर्दै पुनरावेदन अदालत हेटौंडाले पनि सदर गर्‍यो अहिले यो मुद्दा सर्वोच्चमा पुगेको छ।
पश्चिमी राष्ट्रहरुको बिना वर्दीका सिपाही मानवअधिकारवादी संस्थाले नन्दप्रसाद अधिकारीलाई अनशनमा राखेर माओवादीको टाउकोमा तरबार झुन्डाई राख्न यो एजेन्डा उठाएको मात्रै थियो, वास्तविक हत्यारा पत्ता लगाएर कार्वाहीको लागि होइन मुद्दा उछाली राख्न मात्रै हो अहिले पनि उठाई राख्ने गर्छ त्यसमध्ये यो एउटा “केस” उचाल्न आफ्नो बफादार पात्र कनकमणी दिक्षितलाई मानवअधिकारवादी बनाएर ठूलो रकम फण्डिङ गरेर यो अनशन काण्ड मच्चाएको थियो।
जब पानी नाक भन्दा माथि जान थाल्यो, सर्पले सर्पको खुट्टा देख्छ भन्ने उखान जस्तै बाबुराम भट्टराईले सदनमा नर्वेली दूतावास बाट कनकमणी दिक्षितले यो अनशन एजेन्डा उचाल्नको लागि करोडौं रुपैयाँ रकम बुझेको सम्झौता पत्र सदनबाट सार्वजनिक गर्‍यो, त्यसमा लेखिएको मिडिया परिचालन खर्च, बुद्धिजीवी खर्च स्वयंसेवक परिचालन खर्चको सबै विवरण सदनबाट सार्वजनिक गरेपछि यो प्रोजेक्ट बन्द भयो।
प्रोजेक्ट बन्द भएपछि मिडियामा समाचार आउन पनि छोड्यो, बुद्धिजीवीको लेख आउन पनि बन्द भयो, प्रेस विज्ञप्ति गर्ने लहर पनि हरायो, दैनिक अनशन स्थलमा आउने कनकमणी खोज्दा पनि फेला पार्न छोड्यो, यो त उनीहरुको व्यवसाय पो थियो मानवको मायाले मानवअधिकार बनेका थिएनन् पत्रीकाले हेडलाईन समाचार दिएको उनको त बिज्ञापन थियो बिचरा नन्दप्रसाद यी सबै तानाबाना बाट बेखवर मान्छे अनाहकमा अर्को एउटा ज्यान गयो !!
यहाँनेर सबैभन्दा हरामी नन्द प्रसादको जेठो छोरा हुन्, आफ्नो बाउ आमालाई भोकभोकै सडाएर मानवअधिकारवादीले दिएको पैसामा अलिक दिन गाडी चढेर बर्डी गार्ड राखेर हिंड्ने गर्दै रहे जब प्रोजेक्ट बन्द भयो यिनको पनि दानापानी सुकेपछी मानवअधिकारवादी माथि खनिन थाल्यो अदालतमा तोडफोड हुलहुज्जत गरेपछि जेलमा एक डेढ वर्ष थुनियो अस्ति भर्खरै एउटा स्टाटस लेखे छ मानवअधिकारवादी हरुले हामीलाई कनिका मात्रै छर्केर मस्ती चाहिँ उनीहरुले मार्‍यो भनेर आक्रोश पोख्दै थियो।
अन्तमा: पुत्र वियोगमा परेको पिताको पिडालाई मानवअधिकारवादीले डलर झर्ने डलरको धन्दा बनायो पत्रकारले बिज्ञापन बनायो बुद्धिजीवीले जिविकापार्जन गर्ने मेसो बनायो त्योभन्दा पनि दु:खद कुरा भाईको हत्यालाई बाबु आमालाई भोकभोकै अनशनमा राखेर आफू गाडीमा हुँइकिने दाजु नुर प्रसाद अधिकारीले ज्यान पाल्ने मेसो बनायो तर निर्दोष ती आरोपितहरुको जीवन नै नर्क बनायो !! यही हो डलरको धन्दा सर्वसाधारणको घाँटीमा फन्दा !!
अस्तु !!मोहन लामा रुम्वाज्यु को फेसवुकबाट ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

किन घट्यो मतदाताको उत्साह  ? – सम्पादकिय

किन घट्यो मतदाताको उत्साह ? – सम्पादकिय

पाँच वर्षपछि भएको स्थानीय तह निर्वाचनमा अपेक्षाकृत मतदाताको सहभागिता रहने । निर्वाचन आयोगले  देशभर ६२ प्रतिशत मतदान भएको प्रारम्भिक तथ्याङ्कलाई सच्याएर ७० प्रतिशत मतदान भएको..