हाम्रो होइन राम्रो जनप्रतिनिधी छान्नुस् – विशाल ज्ञवाली

२०७९ बैशाख २९, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
  • – विशाल ज्ञवाली

अहिले हामी स्थानिय तहको निर्वाचनको अन्तिम घडिमा छौं । स्थानिय जनप्रतिनिधी भनेका २४सै घण्टा जनताको दुख सुखमा साथ दिइरहने पात्रहरु हुन  भने आफ्नो स्थानिय तहलाई कसरी समृद्द वनाउने भन्ने मुल उद्देश्य स्थानिय जनप्रतिनिधीहरुमा निहित हुन्छ । त्यसैले हाम्रो भविष्य निर्माणमा सहाय वन्ने जनप्रतिनिधि छनौट गर्नु हाम्रो आवश्यकता रहन्छ ।  हामी कस्ता व्यक्तिलाई आफ्ना प्रतिनिधि बनाउँछौं, त्यसै अनुसारको सेवासुविधा स्थानीय सरकारबाट पाउँछौं । यहाँ विशेष गरी ख्याल गर्नुपर्ने कुरा प्रत्येक मतदाताको मत अमूल्य छ । त्यही अमूल्य मतकै आधारमा कसैको जित वा कसैको हार हुन्छ । अर्थात्, आफ्नो भविष्यको हार र जितको निर्णय मतदाताकै हातमा छ । गएको पाँच वर्षमा सबैभन्दा धेरै भ्रष्टाचार यगही स्थानीय तहमा भयो भन्ने सरकारी तथ्यांकहरूले देखाउएका छन् । अझै पनि  भ्रष्ट आचरणको व्यक्तिलाई जनप्रतिनिधि बनायौं भने दुःख आफैंलाई हुन्छ । गाउँ र नगर अनि देशैलाई हुन्छ ।

यस पटकको निर्वाचनमा पनि  कतिपय उमेदवारहरु दशकौंदेखि कुनै न कुनै राजनितिक दलहरुमा आवद्द भई केही न केही अनुभव बटुलेका पनि छन् । त्यस्तै अघिल्लो निर्वाचनको तुलनामा यस पटकको निर्वाचनमा युवा पिढीको उम्मेदवारहरुपनि अग्रपंतिमै देखिएका छन् । यसले कतिपय स्थानहरुमा मतदातालाई उम्मेदवारी छान्न पनि धौं धौ पर्ने अवस्था पनि छ । सबै उमेदवारको चाहाना, आफ्नो गाउँ नगर कसरी समृद्द गराउन सकिन्छ भन्ने नै हुन्छ । तर, विगतको ३२ बर्षदेखि राजनितिक अवस्था हेर्दा राजनितिक चेतनाको कमी भएको प्रतित हुन्छ । कतिपय राजनितिक दलका शिर्ष नेताहरु अत्यन्तै निचस्तर आएर अभिव्यक्ती दिंदै हिडेका छन् । यस्ता गतिविधीले भोलिको निर्वाचन पछि निर्वाचित हुने जनप्रतिनिधीहरु ले कस्तो संस्कार अवलम्वन गर्लान भन्ने विषय अझ चिन्ताको विषय वन्दै गइरहेको देखिन्छ । त्यसैले आफ्नो मताधिकार प्रयोग गर्दा आफ्नो गाउँ नगरमा आफ्नोलाई होइन राम्रो उमेदवारलाई मतदान गर्दा संघियताको स्प्रिटमाथि न्याय गर्न सकिन्छ । अन्यथा भोलि गएका निर्वाचनहरुबाट निर्वाचित भएर आएका जनप्रतिनिधीहरुले गएका बर्षहरुमा जसरी पद, प्रतिष्ठा र पैसामाथि रजगज गरे त्यही प्रवृत्ति नदोहोरियला भन्ने सकिदैन । त्यतिबेला आफ्नो प्रयोग गरेको मताधिकारलाई तत्कालै पुनर्विचार गर्ने अवस्था मतदाताहरुसँग रहने छैन र फेरी अर्को पाँचबर्षसम्म समाजले गलत प्रवृ्तिलाई झेल्न वाध्य हुनेछ ।

लेखक एनआरएनए-आइसिसी सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय