एनआरएनए-एनसिसी इजरायल र झापाली समाज इजरायलको संयुक्त आयोजनामा तीज मेघा महोत्सव २०७९ को आयोजना गरिदै

२०७९ बैशाख २६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ए१न्यूज नेपाल इजरायल,

लामो समयको कोरोना महामारीपश्चात इजरायलमा रहेका नेपाली दिदि वहिनीहरुले पनि नेपाली नारीहरुको महान पर्व हरितालिका तीज चर्चित राष्ट्रिय कलाकारहरुको उपस्थितीमा विशेष सांगितिक कार्यक्रमको आयोजना गरी मनाउने भएका छन् ।

रोजगारीका लागि परदेशिएका नेपालीहरु बर्ष दिनमा आउने चाडबाड मनाउन घरदेश जान असहज हुने हुदा कर्मभुमीमै आफ्ना लोकप्रिय कलाकारहरुलाई आमन्त्रण गरी उनीहरुसँग रम्दै चाडबाट मनाउने गर्दै आइरहेकोमा  यस बर्ष पनि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी)  इजरायल र झापाली समाज इजरायलको मुल आयोजना  तथा इजरायलमा रहेका विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा आगामी २६ अगस्त शुक्रवार दर भोज तथा तीज विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरिएको बताइएको छ ।

चर्चित लोक गायिका टिका सानु, लोक गायक कुलेन्द्र विश्वकर्मा, गायक राजनराज शिवाकोटी, र गायक पुष्पन प्रधानको जोडदार सांगितिक प्रस्तुति रहने गरी  आयोजना गर्न थालिएको ‘हरितालिका तीज मेघा महोत्सव २०७९’ नाम दिइएको सो कार्यक्रम सम्पन्न गर्न समाजसेवीद्वय दिपक प्रसाद ओली र  विशाल ज्ञवालीको  संयोजकत्वमा  १० सदस्यिय तदर्थ समिति समेत गठन गरिएको जनाइएको छ ।

सामाजिक सहकार्यको लागि आयोजना गर्न लागिएको उक्त तीज मेघा महोत्सव २०७९  कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न इजरायलमा क्रियाशिल सम्पूर्ण संघ संस्थाहरुसँग हातेमालो गर्ने तथा कार्यक्रमको कुशल व्यवस्थापनको चाँजो मिलाउन तदर्थ समितिले भुमिका निर्वाह गर्ने मुल आयोजक संस्थाहरुले जनाएका छन् ।

तेलअभिव युनिभर्सिटीको सान्दार हलमा आयोजना हुन गइरहेको उक्त कार्यक्रमपूर्व कार्यक्रम हलको वाहिर  वेलुका साढे ६ बजेदेखि  साढे ७ बजेसम्म निशुल्क तीजको दर खाने व्यवस्था गरिने आयोजकले जनाएका छन् ।

कार्यक्रममा दर्शकहरुको सुविधालाई मध्यनजर गर्दै आयोजकले यसपटक कार्यक्रम ठिक ८ बजेबाट  सुचारु हुने समयसिमा निर्धारण गर्दै कार्यक्रम कुनै औपचारिकतामा नअल्मलिई सिधै अनौपचारिक सांगितिक माहौलमा प्रवेश गर्ने बताएको छ ।

कायक्रमलाई भव्य रुपमा सम्पन्न गर्न इजरायलमा रहेका सम्पूर्ण मिडियाकर्मी, समाजसेवी, व्यवसायी लगायत सम्पूर्ण नेपालीहरुमा हार्दिक अपिल गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय