
बलिउड अभिनेत्री सनी लियोनीलाई बंगलादेशले ‘वर्क परमिट’दिन पुनः अस्वीकार गरेको छ । बंगलादेशबाट अनुमति नपाएपछि सनी आगामी फिल्म ‘सोल्जर’को सुटिङका लागि बंगलादेश जान नपाउने भएकी छन् ।
बंगलादेशले उनलाई यसअघि सन् २०१५ मा पनि ‘वर्क परमिट’दिएको थिएन । जसकारण निर्माताले सुटिङ रोक्नु परेको छ ।
सनीका लागि यो पहिलो बंगलादेशी फिल्म हो । बंगलादेशका कैयौं इस्लामिक समूहहरुले सनीलाई आफ्नो देशमा नआउन चेतावनी दिइरहेका छन् । उनीहरुले सनीलाई सरकारले बंगलादेश आउने अनुमति दिए आफूहरुले सरकारविरुद्ध नै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सनीबाहेक फिल्म ‘सोल्जर’का अन्य भारतीय कलाकारलाई बंगलादेशले फिल्मको सुटिङ गर्न अनुमति दिएको थियो । बंगलादेश सरकारले सनीबाहेक १० कलाकारलाई ६ मार्चदेखि सेप्टेम्बर ४ सम्मका लागि ‘वर्क परमिट’दिइसकेको छ।
एक कार्यक्रममा सहभागिता जनाउन बंगलादेश जाने योजना बनाएकी सनीलाई त्यहाँका इस्लामिक समूहले विरोध गरेपछि ‘वर्क परमिट’पाएकी थिइनन् ।