इजरायलमा नयाँ बर्ष सांगितिक धमाका हुदै, द भ्वाइस सिजन १ का विजेता र चर्चित गायिका रचना रिमाल इजरायल आउदै

२०७८ फाल्गुन २६, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एनआइ न्युज , इजरायल  ।

आउदै गरेको नयाँ बर्ष २०७९ को अवसर पारेर  गैर आवासीय नेपली राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी)इजरायलले कोभिड १९ को विश्व महामारीको लामो अवधि पश्चात इजरायलमा पहिलो पटक नेपालका ख्यातिप्राप्त राष्ट्रिय  कलाकारहरुको उपस्थितिमा  नयाँ बर्ष बिशेष कार्यक्रमको तयारी शुरु गरेको छ ।

एनआरएनए एनसिसी इजरायलको आयोजनामा इजरायलवासी नेपालीहरुले प्रायजसो कार्यक्रमहरु गर्दै आइऱहेको हाहगना मार्ग १३५ स्थित वेतवारवर हलमा आयोजना गरिने  “नयाँ बर्ष  साँगितिक धमाका २०७९ ” नाम दिइएको उक्त कार्यक्रम  इजरायलमा कार्यरत विभिन्न जघन्य रोगबाट पीडित नेपाली दिदि-बहिनि तथा दाजु-भाईहरुको लागि एनआरएनए एनसिसी इजरायलद्वारा स्थापना गरिएको आपतकालिन राहत कोषकोलागि भएको आयोजकले बताएका छन्  ।

नेपालका  ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु दि भ्वाइस अफ नेपाल सिजन १ का विजेता सि डी विजय अधिकारी, पछिल्लो समयकी लोकप्रिय भर्सटाइल गायिका रचना रिमाल र लोकप्रिय लोक गायक विष्णु खतिवडा तथा इजरायलमा रहेका स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने गरी आयोजना गर्न गइरहेको नयाँ बर्ष सांगितिक धमाका २०७९ विशेष गरी नेपाली नयाँ बर्ष १५ अप्रिलमा परे पनि यहुदीहरुको विशेष धार्मिक पर्व पेशाख पनि सोही दिन परेका कारण अधिकांश नेपाली तथा नेपालीभाषीहरुलाई असुविधा हुने भएकाले अघिल्लो साता ८ अप्रिल  शुक्रबार नै आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।

साँझको ठिक ७ बजेदेखि नै कार्यक्रम शुरु गरिसक्ने  गरी तयारी थालिएकोले सम्पूर्ण नेपालीहरुमा समयमै उपस्थितिकोलागि हार्दिक अनुरोध गरिएको छ ।

कार्यक्रममा जानकोलागि लेवन्स्की पार्कबाट नि:शुल्क बसको समेत व्यवस्था गरिएको बताउनुहुदै कार्यक्रम संयोजक सुमी थापाले लामो समयदेखि कोरोना महामारीका कारण यस किसिमका कार्यक्रमहरुमा सहभागिता जनाउन नपाइरहेका इजरायलबासि सम्पुर्ण नेपालिहरुको लागि यस पटक उक्त कार्यक्रम विशेष हुने भएकोले  समस्त मिडियाकर्मी तथा सम्पूर्ण सामाजिक, धार्मिक तथा जातीय संघ-संस्थाहरुको  साथ र सहयोगकोअपेक्षा लिएको ए१नेपाल डट कमसँगको कुराकानीमा बताइन ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय