मेयरले नै अरुको नाममा भोट खसालेपछि स्थिती तनावग्रस्त, मतदान रद्ध गरी मतपत्र जलाईयो

२०७८ फाल्गुन २१, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले अरुको नाममा भोट खसालेपछि मतदान रद्ध गरिएको छ । शनिवार शुरु भएको नेपाली काग्रेसको जिल्ला अधिवेशनमा मेयर एवम्  सभापति पदका उम्मेदवार समेत रहेका यादवले अरुको भोट खसाल्न थालेपछि विवाद उत्पन्न भएको थियो । विवादपछि निर्वाचन रद्ध भएको हो ।

सभापतिका उम्मेदवार रहेका राजेस राय यादवले अरुको नाममा समेत भोट खसालेपछि विवाद उत्पन्न भएको नेपाली काग्रेसका नगर सचिव मुकेश यादवले बताए । निर्वाचन अधिकृतको लापरवाहिले गर्दा मतदाताहरु आफुखुशी मतपत्र लिएर खुल्ला चौरमा मतदान दिन थालेपछि मतदान रद्ध भएको नेपाली काग्रेसका नगर सचिव यादवले बताए ।

नेपाली काग्रेसका सभापतिको प्यानलबाट शम्भु बहादुर बुढाथोकी र राजेश राय यादव र शेखर कोईरालाको प्यानलबाट रामानन्द यादव लगायत २२७ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताए । स्थिती तनावग्रस्त भएपछि निर्वाचन रद्ध गरिएको उनले बताए ।

बारा जिल्लामा कुल २४ सय २१ मतदाता रहेका छन् । करिव एक हजार ५ सय खसेको मतलाई उम्मेदवार र प्रहरीको रोहवरमा जलाईको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय