एमसिसि बिरुद्ध काठमाडौं उपत्यकाका नेवाःसमुदायले बृहत आन्दोलन गर्ने

२०७८ फाल्गुन १२, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । लामो समयदेखि चलिरहेको एमसिसि बिरुद्धको आन्दोलनमा पछिल्लो समय खुलेर सडकमा नआएको नेवाः समुदायले एमसिसि राष्ट्रिय स्वाधिनताको बिषय भएकोले खुलेर सडक आन्दोलनमा आउने निणर्य गरेको छ ।
उपत्यकामा सकृय नेवाः अभियन्ता , राष्ट्रिय पहिचाहन संघर्ष समिति तथा नागरिक आवाजका प्रतिनिधिहरुको छलफलले सडक संघर्षमा जाने सहमति गरेको हो ।
संघर्षको स्वरुप कस्तो हुने भन्ने बिषयमा भने फेरी बैठक बसेर निणर्य गर्ने सहमति भएको नागरिक आवाज को संयोजक अशोज महर्जनले जानकारी गराउनु भयो ।
गुठी आन्दोलनमा सहभागी भएका सबै लाई एकै ठाउँमा ल्याएर एमसिसि बिरुद्धमा आवाज बुलन्द गर्नु आजको आवश्यकता भएको नेवाः अभियन्ताहरुको ठहर छ ।
यदि एमसिसि पास भयो भने त्यसको सबभन्दा बढी प्रभाव काठमाडौं लाई पर्ने भन्दै संपुणर् उपत्यकाबासी एक भएर एमसिसि पास नगर्न प्रतेक सांसदलाई खवरदारी गर्नु पर्ने अवस्था आएको अभियन्ताहरुले बताउनु भयो ।
भोलिको कार्यक्रमलाई प्रभावकारी बनाउन आज ५ बजे देखि ६ बजेसम्म बसन्तपुर डबलीमा प्लेकार्ड सहितको शान्तिपुणर् प्रदर्शन गरीने पनि आयोजक पक्षले जानकारी गरराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय