कलाकार जयनन्द लामाकाे निधन. प्रधानमन्त्री देउवाद्वारा श्रद्दान्जली व्यक्त

२०७८ फाल्गुन ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

प्रसिद लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको बुधबार रातको २ बजे निधन भएको पारिवारिक स्राेतले जनाएको छ ।  लामाको गाडीबाट ओर्लने क्रममा असामयिक निधन भएको बताइएको छ ।

पछिल्लो समय हाँस्य टेलिश्रृङ्खला हल्का रमाइलाेमा उनी नियमित अभिनय गर्दै आइरहेका कलाकार लामाका  दर्जनाै गीतहरु चर्चित छन् । पछिल्लो समय अभिनयमा ब्यस्त लामा अभिनित चलचित्र छक्का पन्जा सिरिज चर्चित छन् ।  नेपाली लोकदोहोरी संगीतको रियरिलटी शो ‘नेपाल लोकस्टार’को निर्णायकको भूमिकामा आबद्ध थिए ।

यसैविच  प्रधानमन्त्री शेरबहादुर देउवाले  कलाकार लामाको निधनप्रति गहिरो दु:ख प्रकट गरेका छन् । प्रधानमन्त्री देउवाले गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गरेका छन्। उनले  दुःखको यस घडीमा लामाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

प्रधानमन्त्रीले ट्वीटमा लेखेका छन्,’कलाकार एवं  लोकगायक जयनन्द लामाको असमायिक निधनबाट मुलुकले गीतसंगीत, चलचित्र एवं  हास्य क्षेत्रका  एक असल साधक गुमाएको छ । दिवङगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो  समवेदना प्रकट गर्दछु।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय