ज्ञानेन्द्र शाही जिको आलोचक अभिव्यक्ति “चेलिहरु इजरायलमा बेचिनु पर्दैनथ्यो” : सम्झना पन्त

२०७८ फाल्गुन ११, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

ज्ञानेन्द्र शाही जिको आलोचक अभिव्यक्ति
“चेलिहरु इजरायलमा बेचिनु पर्दैनथ्यो”
“चेलिहरु बेचिनु ” भन्ने शब्द नारी अस्मिता सग जोडिएकोले र इजरायलमा नारी अस्मिता स्वदेशमा भन्दा सुरक्षित भएकोले शब्द आलोचक छ । तर यसको भाव मैले सकारात्मक लिएको छु ।
हामी सधै सबैले भन्छौ देशले भने जस्तो एक असल नेता नपाउनाले हाम्रा ८० लाख युवाहरु खाडिमा बेचिनु पर्यो । युवा शक्ति महिला पुरुष दुबैको अर्थ लाग्छ ।
भन्न खोजिएको स्वदेशमा परिवार सग बसेर देश बनाउनमा खर्चिनु पर्ने युवा शक्ती अर्काको देश बनाउन परेको छ । आफ्नो छोराछोरीको हेरचाह गरेर बस्ने समयमा बिदेशिको दिसापिसाब सहोरेर बस्नु परेको छ ।
मैले यसरि सहज तरिकाले लिएँ किनकी”म” दोन्दकालमा खेती, ब्यापार, ब्यबसाय बाट घाटा खाएर साहुको ऋण तिर्न नसकेर “कि मर कि गर” भन्ने अबस्थामा पुगे पछि इजरायल आएकी हु  जुन बेला इजरायलमा नारी सुरक्षा कस्तो पैसा कति अन्धाधुन्ध केही थाह थिएन बस बिदेश गएर पैसा कमाउन पर्छ भन्ने थियो ।
१७ बर्षको लामो अनुभवमा चेलि बिदेशीनै पर्यो भने इजरायल आउन पाउन भन्नी हुन्छ । सुरक्षा र श्रमको उचित मुल्य पाउने हुनाले ।
इजरायल जस्तो देशमा काम गर्दा देशमा ठूलो धनराशि भित्रीएको छ देशको लागि राम्रो हो । तर हामिलाई २/४/५ बर्ष श्रम गरेर किन पुगेन ?
हामिले कमाएका रकमले के गर्यौ ? कहाँ लगानी गर्यौ ?
दुई चार तले घर बनायौ ,घडेरी ,सुन किन्यौ र आफ्ना छोराछोरी उच्च शिक्षा भन्दै पढाईको बाहानामा फेरि बिदेशनै पठायौ र अझै स्वदेशमा महङ्गि छ ५० लाख बैंक ब्यालेनस भएन भने स्टान्डर मेन्टन गर्न सकिँदैन भन्दै चालिसे हड्डि मकाउदै छौ ।
मैले ज्ञानेन्द्र साही जि को कुरालाई यसकारण सकारात्मक लिएको छु । देश राम्रो भएको भए स्वदेशमा बसिन्थ्यो र परिवार छोराछोरीको साथ बिनाको पीडा यसरी बर्सौ खप्न पर्दैनथ्यो ।
#सुझाव# ज्ञानेन्द्र शाही जि हजुर ब्याक्ती मात्र होईन । हजुर एक पार्टीको नेता पनि हो त्यसैले कुनै पनि विषयमा बोल्दा शब्द चैन ख्याल गर्नु होला ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय