छुट्टै कुर्सीमा बसेर पदभार ग्रहण गर्दै लिङ्देनले , “त्यो कार्यकक्ष कमल थापाका लागि नै हो”

२०७८ मंसिर २०, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पदभार ग्रहण गरेका छन् । उनले आज चाबहिलस्थित पार्टी कार्यालयमा पदभार ग्रहण गरेका हुन् । आफू महामन्त्री हुँदा प्रयोग गर्ने गरेको कोठामा नै पदभार ग्रहण गरेका लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले प्रयोग गर्ने कोठामा सम्मानपूर्वक प्रयोग नगरि उनकै लागि सुरक्षित राखेको बताए ।

अध्यक्ष लिङ्देनले थापा आफ्नो श्रद्धेय नेता र अभिभावक भएको भन्दै कार्यालयमा आउन सहज होस् भनेर पुरानै कोठा प्रयोग गरेको बताए । उनले पुशपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहोनी र कमल थापाको कुर्सीमा बस्ने चाहनाले अध्यक्षमा उम्मेदवार नभएको बताउदै राप्रपालाई नयाँ ढंगबाट लैजान उम्मेदवारी दिएको र विजयी भएको बताए । तर, लिङ्देनले आफ्नो विजयलाई पूर्वराजासँग जोडेको प्रति भने आपत्ति जनाए । कमल थापाले राप्रापाको एकता महाधिवेशनमा निर्मलनिवासले हस्तक्षेप गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय