गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र २२, मा प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको सभा हलमा भएको आम भेलाले दोलखा गौरीशंकर गाउँपालिका स्थित वडा नम्बर ५ स्थायी घर भएका सामाजिक अभियन्ता तथा गीतकार नबराज खड्कालाई नेकपा एमाले गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन गर्दै ४५ सदस्यीय सम्पर्क समिति गठन गरेको छ ।

नव निर्वाचित अध्यक्ष खड्का बि.सं.२०३७ साल देखि श्री हलेश्वर नि.मा.वि.सुरीतिनेखु दोलखाबाट अनेरास्ववियुमा आवद्ध भै नेकपा माले हुँदै हाल नेकपा एमालेका संगठित सदस्य रहेको बुझिएको छ। हाल नेकपा एमालेमा नेतृत्व विवादले पार्टीमा देखिएका संकटको सामना गर्दै पार्टीलाई अझ शशक्त र गतिशील बनाउने उदेश्यले नेकपा एमाले गौरीशंकर काठमाडौं सम्पर्क मंचको पुनर्गठन गरिएको कुरा सम्पर्क मंचका निवर्तमान अध्यक्ष अमृतकुमार खड्काले एवान नेपाल डटकमलाई बताउनु भयो ।

गौरीशंकर गाउँपालिकाको वडा नम्बर १ देखि ९ सम्मका वडा सम्पर्क समिति चयन गर्दै नेकपा एमाले गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको गठन गरिएको उक्त भेलामा पूर्व संचार तथा सूचना प्रविधि मंत्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य माननिय पार्वत गुरुङ प्रमुख अतिथि रहनु भएको थियो भने विशेष अतिथिमा नेकपा एमाले केन्द्रिय सदस्य तथा स्कुल बिभाग प्रमुख ईश्वरी रिजाल उपस्थित हुनुहुन्थ्यो ।

त्यस्तै अन्य अतिथिहरुमा बागमती प्रदेशका निवर्तमान सामाजिक मन्त्री सरस्वती बस्नेत,बागमती प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्ष श्यामकुमार बस्नेत,नेकपा एमाले दोलखा जिल्ला अध्यक्ष तथा तामाकोसी गाउँपालिका अध्यक्ष ईश्वरचन्द्र पोख्रेल,जि.स.स.दोलखाका अध्यक्ष डबल पाण्डे,मेलुंग गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठ,गौरीशंकर गाउँपालिका अध्यक्ष सोयम बहादुर खड्का,दोलखा काठमाण्डौ सम्पर्क मंचका अध्यक्ष गणेश शिवाकोटी,नेकपा एमाले गौरीशंकर गौरीशंकर गाउँपालिका अध्यक्ष जंगबहादुर गुरुङ,युवासंघ नेपालका केन्द्रिय सचिव महाराज गुरुङ,गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष उर्मिला थामी लगायत वडा अध्यक्षहरु डिल्लीध्वज बस्नेत,पेम्वा शेर्पा,आङरिन्जी शेर्पा,उदय बहादुर खड्का,छिरिङ शेर्पा समेतको उपस्थिति रहेको थियो ।

निवर्तमान सचिव राजीव सेडाईले आकर्षक रुपमा संचालन गर्नु भएको उक्त कार्यक्रममा पूर्व संचार तथा सूचना प्रविधि मंत्री तथा नेकपा एमालेका केन्द्रिय सदस्य माननिय पार्वत गुरुङले आफ्नो शुभकामना मन्तव्यको क्रममा भन्नु भयो मेरो वाल्यकाल देखिको सहपाठी,हितैसी साथी नबराज खड्कालाई पार्टी सम्पर्क समितिको जिम्मेवारी दिन पाउँदा निकै खुसी छु। उहाँको नेतृत्वमा पुनर्गठित नेकपा एमाले गौरीशंकर काठमाडौं सम्पर्क समितिले उल्लेखीय काम गर्न सकोस् भन्दै हार्दिक शुभेच्छा प्रकट गर्नु भएको थियो भने अन्य उपस्थित अतिथिहरुले पनि खुसी व्यक्त गर्दै नवनिर्वाचित कार्यसमितिलाई हार्दिक शुभेच्छा प्रकट गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..