लकडाउन हुने सम्भावना प्रवल देखिएपछि इजरायलमा तीजको कार्यक्रम ३ सेप्टेम्वरमै

द्वारा प्रकाशित गरिएको हो |
२०७८ भाद्र ९, मा प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट
फाईल तस्विर

ए१न्यूज इजरायल

इजरायलमा आगामी ३ सेप्टेम्वरमा हरितालिका तीज विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ । ९ सेप्टेवर शुक्रवार तीज परेकाले यसअघि १० सेप्टेम्वरमा तीज मनाउने एनआरएनए-एनसिसी इजरायलको तयारी रहेपनि इजरायलमा कोरोना संक्रमितहरुको वढ्दो संख्या र  यहुदीहरुको नयाँ बर्ष तथा पवित्र चाड रोश-हासना पनि करिव करिव संंगै पर्ने भएकाले शो समयमा कडा लकडाउन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अघिल्लो साता शुक्रवार नै तीजको कार्यक्रम आयोजना गर्न लागिएको एनआरएनए एनसिसी इजरायलका प्रवक्ता तेज व. गुरुङले बताए ।
आयोजकले यसपाली निशुल्क दरको साथमा कार्यक्रममा पनि निशुल्क सहभागिता जनाउन सकिने  व्यवस्था गरेको उक्त कार्यक्रम साँझको ७ बजेेदेखि नै शुरु हुने बताइएको छ ।

कोरोना महामारीका कारण राष्ट्रिय कलाकारहरुको सहभागिता अनिश्चित बनेतापनि विशिष्ट म्युजिक सिस्टमको व्यवस्थासहित इजरायलमा रहेका केही उत्कृष्ट कलाकारहरुको सांगितिक प्रस्तुतीहरुलाई स्थान दिइने सो कार्यक्रममना सहभागिताको लागि तेलअभिवको लेवन्स्की पार्कबाट निशुल्क यातायातको पनि व्यवस्था रहनेछ ।

आयोजकले कार्यक्रममा उपस्थित भई तीजको दर खादै भरपुर मनोरञ्जन लिन इजरायलमा रहेका सम्पूर्ण दिदिवहिनी तथा दाजुभाईहरु, क्रियाशिल सम्पूर्ण संघ संस्थाहरु, समाजसेवीहरु, मिडियाकर्मीहरु लगायत सम्पूर्णमा हार्दिक आमन्त्रण गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..