इजरायलमा कृषि अध्ययनको लागि आएकी एक नेपाली महिला कलेज छोडेर सम्पर्क विहिन

२०७८ श्रावण २४, मा प्रकाशित ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

ए1न्यूज इजरायल,

इजरायलमा Learn And Earn परियोजना अन्तरगत ११ महिने कृषि तालिममा इजरायलमा आएकी एक नेपाली महिला आफु अध्ययनरत कलेज छोडेर फरार भएकी छिन् ।  रतुवामाई नगरपालिका सिजुवा स्थायी घर भई गत  अगस्त १०१९ मा इजरायल आइकी देवी शर्मा खड्का नाम गरेकी विवाहिता महिला  गत २५ जुलाई देखि परियोजना नै छोडेर एकाएक सम्पर्क विहिन भएको ग्रुप लिडर सुवास भट्टराईले जानकारी दिए ।

शो परियोजना ११ महिने परियोजना भएपनि कोभिड १९ महामाराकी कारण गत बर्ष नयाँ विद्यार्थीहरु आउन नसक्दा समयावधि सकिएकाहरुलाई नै अर्को १ बर्षको भिषा थप गरिएको थियो । सम्पर्क विहिन शर्मा पनि म्याद थप भई थप समय इजरायलमा रहेकी विद्यार्थी हुन ।

प्रत्येक बर्ष करिब ५ सय वढि नेपाली विद्यार्थीहरु इजरायल ल्याइने गरिन्छ । उनीहरु  इजरायलको सेदोद नेगेभ, रमत नेगेभ, आश्केलोन, आइक्याट र किनरेट गरि ५ वटा कलेजमा तालीम लिइ स्वदेश फर्किने गर्दछन । एक वर्षिय learn & earn Program अन्तर्गत साना किसान सहकारी बैंकले देशभरीबाट किसानका छोराछोरीहरुलाइ कृषि तालीम लिने अवसर जुटाइरहेको छ । ती विद्यार्थीहरुले हप्ताको एक दिन कलेजको अध्यन र ५ दिन फिल्डमा गई नयाँ नयाँ ज्ञान् , सीप, प्रविधि, अनुभवको साथै आय आर्जन र नेपालमा केही गर्न सक्ने क्षमताको विकाश गर्ने गर्दछ्न ।

इजरायलका अन्य कलेजहरुमा अध्ययनरत ३ जना नेपाली विद्यार्थीहरु पनि यस अघि परियोजना छोडेर भागेका थिए । तर, इजरायलको उत्तरी भागमा रहेको किनेरेट कलेजबाट  यसरी भने नेपाली विद्यार्थी भागेको यो पहिलो घटना हो ।

८० प्रतिशत भन्दा वढि कृषिमा निर्भर रहने नेपालीहरु र नेपालको अर्थतन्त्रमा एउटा ठुलो हिस्सा ओगटेको यो पेशालाई इजरायलको उच्च प्रविधीको प्रयोग र वैज्ञानिक शिकाईबाट अझ अव्वल गराई नेपाली अर्थतन्त्रलाई मजवुत गराउन  इजरायल सरकारको सहयोग स्वरुप शुरु गरिएको यस प्रोग्राम पछिल्लो समय नेपालको कृषि क्षेत्रको विकाशकोलागि कोषेढुंगा सावित हुदै गइरहेको छ ।  वेरोजगार युवा युवतिहरुमा केही आर्थिकोपार्जन समेत हुने गरी तयार गरिएको यस कार्यक्रममा नेपालीहरुको मोह पनि उत्तिकै वढ्दै गइरहेको पाइन्छ । तर, वेला वेलामा यसरी विद्यार्थीहरु केही आफ्न्त वा साथीभाईहरुको वहकावमा परी भागेर गैरकानूनी रुपमा लुकेर वस्ने प्रवृत्तिले यो पुरै परियोजना नै स्थगित हुन सक्ने अवस्था नआउला भन्न सकिदैन ।

किनेरेत कलेजका Learn & Earn Program का निर्देशक ओरेन डेभिडले  नेपालको कृषि क्षेत्रको विकाशको लागि शुरु गरिएको यस कार्यक्रमबाट अहिलेसम्म हजारौं नेपालीहरुले लाभ उठाइरहेको बताउनुहुदै नेपाली विद्यार्थीहरुको यस्तो प्रवृतिले परियोजनानै असफल हुन सक्ने बताउनुहुदै सम्पर्क विहिनी विद्यार्थीलाई यथाशक्य सम्पर्कमा आउन अनुरोध  गरेका छन् । ग्रुप लिडर भट्टराईले परियोजनाका निर्देशक ओरेन डेभिडलाई उदृत गर्दै  उनलाई सम्पर्कमा ल्याउने जो कसैलाई कलेजले उचित पुरस्कारको व्यवस्था गरेको  बताए ।
नेपाललाई कृषिमा आत्मनिर्भर बनाउने उदेश्यले सन् २०१३ बाट साना नेपाल सरकार अर्थ मन्त्रालय, साना किसान सहकारी बैंक र इजरायल सरकार अन्तराष्ट्रिय सहयोगी संस्था मसाभ एजेन्सीको संयुक्त सहकार्यमा शुरु गरिएको यो परियोजनाबाट हालसम्म हजारौ नेपाली किसानहरुले लाभ उठाईसकेका छन् भने  हजारौ युवा युवतीहरु इजरायल आउने क्रममा छन् । नेपाली राजदूतावासले  एकदुई जना विद्यार्थीको गलत कदमका कारण सयौं नेपाली विद्यार्थीहरुले पाउने अवसर संकुचित नहोस् भन्नेतर्फ सचेत रहन सवैलाई आग्रह गर्दै विद्यार्थीहरु स्वयं नेपालको प्रतिनिधित्व गर्दै इजरायल आएका हुन्छन र उनीहरुको आचरण र व्यवहारबाट नेपाल र नेपालीहरु प्रतिष्ठा झल्किने भएकाले यस्ता विषयहरुसँग सम्झौता नगरिदिनु हुन सम्पूर्ण नेपालीहरुमा अपिल गरेको छ ।

त्यस्तै सो समुहका ग्रुप लिडर सुवास भट्टराईले सम्पर्क विहिन रहेकी देवी शर्मालाई कलेजले खोजि गरिरहेकोले यथासिघ्र सम्पर्कमा आई सम्भावित समस्यबाट जोगिन अनुरोध गर्दै उनलाई भगाउनमा सहयोग गर्ने सहयोगीको पहिचान कलेजले गरिसकेकाले समयमै शर्मालाई सम्पर्कमा ल्याई अनावश्यक कानूनी झमेलाबाट वच्न उनीहरुलाई सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय