
ए१न्यूज इजरायल
रोजगारीकालागि लामो समयदेखि इजरायलमा रहेकी नेपाली चेली सम्झना सिंह (जिना) को आमाको वेदना बोलको तीजको गीत सार्वजनिक भएको छ ।
एउटी आमाको मनको वेदना जुन वेदना विगत १४ वर्ष देखि बिदेश मा रहेकी छोरी भेट्न देख्न नपाउनु को पीडा र ४ वर्षदेखि घर छोडेर हिडेको छोरा फर्किएर नआउनु अनि कुनै खबरसम्म पनि नपाउनुको पीडालाई मर्मस्पर्शी ढंगले मनको वेदनालाई शव्दमा पोख्न खोजिएको उक्त गीत एसविएस म्युजिक प्राली बजारमा ल्याएको हो ।
टि.आर इन्टरटेन्मेन्टको युट्युव च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा गीतकार सिंहकी आफ्नै आमा वेलुमाया सिन्चुरीले स्वर देिएकी छन् । शो गीतमा सन्तोष विसीको म्युजिक रहेको छ भने शव्द संयोजनमा पनि विसीले सहयोग गरेका छन् ।