एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण ११, मा प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट
फाईल तस्विर

ए१न्यूज इजरायल

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति जारी गर्दै माग गरिएका सबैजसो पदहरुमा उम्मेदवारी परेका उमेदवारहरु विच सहमति भएपछि निर्वाचन समितिले माग गरिएका पदाधिकारीहरुलाई निर्विरोध निर्वाचित घोषणा गरेको थियो ।

आइसिसी सदस्य, महासचिव, सचिव र महिला संयोजकमा भने निर्वाचन समितिले यसअघि नै निर्विरोध निर्वाचित घोषणा गरिसकेको छ ।
आइसिसी सदस्यमा यस पटक पनि विशाल ज्ञवाली निर्विरोध निर्वाचित भएका छन् । एनआरएनएलाई सही नेतृत्व दिलाउन हरदम प्रयासरत रहने ज्ञवाली यससँगै आइसिसी सदस्यमा तेस्रो पटक आइसिसी सदस्यको जिम्मेवारी लिदै एनआरएनए-एनसिसीलाई अभिभावकत्व प्रदान गरेका छन् ।

यससँगै एनआरएनए-एनसिसी इजरायलको कार्यसमितिमा आधि कार्यकाल अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका गणेश गिरी यसपटक दोहोरिएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

समितिको प्रथम उपाध्यक्षमा सुमी थापा निर्वाचित भएकी छिन् भने महिला उपाध्यक्षमा  भृकुटी बानिया (शुशिला वस्नेत), उपाध्यक्षमा सुनिता गुरुङ निर्वाचित भएकी छिन । त्यस्तै महासचिवको जिम्मेवारी पुन: श्रीकृष्ण भण्डारीले सम्हालेका छन् । अध्यक्षको प्रवल दावेदारको रुपमा देखिएका भण्डारी यस अघिको कार्यसमितिमा पनि  महासचिवको जिम्मेवारीमै  रहेका थिए ।

त्यस्तै सचिवमा अलि मोहम्मद मिया चयन भएका छन् । मिया पनि यसअघिको कार्यसमितीमा सह-कोषाध्यक्षको जिम्मेवारी हुदै सचिवको जिम्मेवारी सम्हालीसकेका व्यक्ति हुन् ।

त्यसैगरी  कोषाध्यक्षको जिम्मेवारी दिलिप सुन्दासलाई दिइएको छ भने महिला संयोजकमा शुनित अम्बोग (लमु शेर्पा) निर्वाचित भएकी छिन् ।

त्यस्तै सदस्यहरुमा क्रमश:  पुजा (रुवी) चौधरी, कोपिला भट्टराई, खिमा पुन, कमला भुसाल, राम बहादुर बिष्ट, तेज बहादुर गुरुङ र रण कुमारी गल्देन तामाङ चयन भएका छन् ।

को हुन अध्यक्ष गिरी ?

संघको छैठौं राष्ट्रिय अधिवेशनबाट २०१९-०२१ कार्यसमितिको वरिष्ठ उपाध्यक्षबाट एनआरएनएको यात्रा तय गरेका पोखरा स्थायी घर भई रोजगारीकोलागि सन् २००८ देखि  इजरायलमा रहेका समाजसेवी गणेश गिरी तत्कालिन अध्यक्ष शान्ती अधिकारी ज्ञवालीले कारणवश पदवाट राजिनामा दिएपछि करिव करिव आधा कार्यकालकोलागि अध्यक्षको जिम्मेवारी सम्हालेका व्यक्ति हुन ।

स्पष्ट वक्ता तथा इजरायलमा सामाजिक संघसंस्थाहरुविच भिजेका व्यक्तिको परिचय वनाएका गिरी नेपालमा छदा समेत विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्द रही यस क्षेत्रमा क्रियाशिल व्यक्तित्व हुन । ग्लोवल सोसियल अर्गनाइजेशन नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाको पूर्व उपाध्यक्ष समेत रहेका अध्यक्ष गिरीले  एनआरएनए-एनसिसी इजरायलको  चौथो अधिवेशनमा निर्वाचन समिति सदस्यको रुपमा जिम्मेवारी वहन गरेका थिए । नेतृत्वमा आउनु अघिदेखि नै एनआरएनए-इजरायललाई नजिकबाट नियाल्दै आइरहेका गिरीले नेतृत्व लिएसँगै एनसिसी इजरायललाई विश्वकै नमुना एनसिसीको रुपमा स्थापना गर्ने प्रण गर्दै भन्छन – “एनआरएनएको गरिमा विश्वभर नै गर्व गर्न लायकको वन्दै गइरहेको छ, यसविचमा कतिपय देशमा एनआरएनएको छवी धुमिल हुने गरि भइरहेका गतिवधिहरुले हामी सम्पूर्ण नेतृत्वकर्ताहरुलाई गहिरिएर सोच्न वाध्य वनाइरहेको छ । यसलाई मनन गर्दै मेरो नेतृत्वको एनसिसी इजरायलले विश्वभरका एनसिसीहरुलाई उदाहरण प्रस्तुत गर्न सक्ने अवस्थाको सृजना गर्नेछु ।”

गिरीले यसपटक जसरी पनि एनआरएनए-एनसिसी इजरायललाई इजरायल सरकारसँग दर्ता गर्न पहल गर्ने दावी गर्दै भन्छन –  “एनसिसी इजरायललाई इजरायल सरकारसँग दर्ता गराउनु मेरो अर्को महत्वपूर्ण लक्ष्य हो, यहाँको काइदा कानुनले छेकवार नगरेसम्म हामी त्यसमा सफल हुनेछौं भन्नेमा विश्वस्त छु ।”

गिरी नेतृत्वमा आएपछि एनसिसी इजरायलले इजरायलवासी नेपालीहरुको हितमा महत्वपूर्ण कार्यहरुको शुरुवात गरेर इजरायलवासी नेपालीहरुको मनमा पुन: एनआरएनए-इजरायललाई भरोसा गर्ने वातावरण सृजना भएको थियो ।

विज्ञप्तिको पूर्णपाठ :

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

गीतकार तथा सामाजिक अभियन्ता नबराज खड्का गौरीशंकर काठमाण्डौ सम्पर्क मंचको अध्यक्षमा सर्वसम्मत चयन

यही भाद्र २९ गते,  शनिवार दोलखा जिल्ला गौरीशंकर गाउँपालिका स्थायी घर भै हाल काठमान्डौ रहेका नेकपा एमालेका आम नेता कार्यकर्ताहरुको काठमान्डौ तीनकुने स्थित रोयल ब्यन्केटको..