
ए1न्यूज इजरायल
इजरायलको तेलअभिवमा एकदिवसीय फुटसल टुर्नामेन्टको आयोजना गरिने भएको छ ।
दार्जिलिङ युनाइटेड एफ.सी. ले भारतकाे ७५ अैां स्वतन्त्रा दिवसकाे अवसरमा पारेर इजरायलमा कार्यरत नेपाली भाषी फुटबल टिमहरू वीच प्रतिस्पर्धा गराउने गरी एक दिवसीय Independence Day Cup Futsal Tournament-2021 फुटसलको आयाेजना गर्न गइरहेकाे हो ।
विदेशमा कार्यरत नेपालीहरू विच भाईचारा, मित्रता र एकता कायम रहाेस् भन्ने हेतुले आगामी अगष्ट १३ तारिक शुक्रबारकाे दिन दार्जिलिङ युनाइटेडले पहिलाे पटक आयाेजना लागिरहेकाे यस प्रतियाेगितामा नयाँ बर्ष फुटसल टुर्नामेन्ट्सको विजेता टिम एनआरएनए , इजरायल एफसी, Rising Star FC, IGCi FC, KYC FC, Manipur Gorkha FC, Darjeeling Utd FC (Red), Darjeeling Utd FC (White) Darjeeling Veteran गरी हालसम्म ८ टिम वटा टिम सहभागी जनाउदै गरेको आयोजकले जनाएका छन ।
Independence Day Cup Futsal Tournament-2021 का खेलहरू तेलअभिभ स्थित लेवेन्स्की फुटसल खेल मैदानमा हुने बताइएको छ । आयोजकले टिम दर्ता शुल्क प्रति टिम ७०० सेकल लाग्ने जनाउदै दर्ताकोलागि अन्तिम मिति ३० जुलाई शुक्रबारसम्मको समयसिमा समेत सार्वजनिक गरेको छ ।
आयोजकले विजेता तथा उपविजेता पुरस्कार राशी खेलकाे दिन टाइिसट ड्र गर्नु अघि सार्वाजानिक गरिने जनाउदै प्रथम र दोश्राे ट्रफी, मेडल, सर्टिफिकेट, उत्कृष्ट टीम, सेमीफाइनलका खेलहरु बाट Man of the Match र प्रतियाेगिताकाे सर्वउत्कृष्ट खेलाडी विधाहरूमा पुरस्कारहरू राखिएकाे बताएको छ ।
आयोजकले सम्पूर्ण खेलप्रेमी इजरायलवासी नेपाली दाजु भाई दिदी वहिनीहरूलाई खेल हेर्न आएर भरपूर मनोरञ्जन लिँदै, सम्पूर्ण टिम र खेलाडीहरू लाई हाैसाला दिनु र समर्थन गर्न हार्दिक आह्वान गर्दै प्रतियाेगितालाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गरिदिनुहुन एनआरएनए-एनसिसी इजरायल लगायत यहाँ क्रियाशिल सम्पूर्ण सँघसंस्थाहरु, मिडियाकर्मीहरु लगायत सम्पूर्णमा अपिल गरेको छ ।