एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा ३ जनाको दावेदारी, कसको सम्भावना कती ?

द्वारा प्रकाशित गरिएको हो |
२०७८ श्रावण ६, मा प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट
फाईल तस्विर

ए1न्यूज इजरायल सन्तोष न्यौपाने,

गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको सातौं अधिवेशन नजिकिदै गर्दा ढिलै भएपनि २०२१-०२३ कार्यकालको नेतृत्वको लागि आफ्नो दावा प्रस्तुत गर्ने क्रम वढेर गएको छ भने यससँगै  चुनावी सरगर्मी तातिएको छ ।

निर्वाचन समितिले उम्मेदवारी दर्ता गराउने समय आज वुधवार दिउसो ३ बजेदेखि रातको १० बजेसम्मको लागि निर्धारण गरेको छ । यसपाली एनसिसी-इजरायलको नेतृत्वकोलागि   विशेष गरी वर्तमान अध्यक्ष गणेश गिरी, महासचिव कृष्ण भण्डारी र निता ढकाल ३ जना प्रतिस्पर्धी मैदानमा उत्रिने सम्भावना देखिएको छ । इजरायलको सामाजिक परिेवेशमा राम्रो पहुच राख्दै आइरहेका यी प्रतिस्पर्धीहरु निर्वाचनमा होमिदा निकै ठूलो रस्साकस्सी हुने देखिएको छ ।

२०१९-०२१ कार्यसमितिको वरिष्ठ उपाध्यक्षबाट एनआरएनएको यात्रा तय गरेका पोखरा स्थायी घर भई रोजगारीकोलागि लामो समयदेखि इजरायलमा रहेका समाजसेवी गणेश गिरी गएको कार्यकालमा तत्कालिन अध्यक्ष शान्ती अधिकारी ज्ञवालीले पदवाट राजिनामा दिएपछि करिव करिव आधा कार्यकालकोलागि अध्यक्षको जिम्मेवारी सम्हालेका व्यक्ति हुन । स्पष्ट वक्ता तथा इजरायलमा सामाजिक संघसंस्थाहरुविच भिजेका व्यक्तिको परिचय वनाएका गिरी आगामी कार्यकालको लागि दोहोरिएर आउने प्रवल सम्भावना देखिएको छ ।

त्यस्तै  गिरीकै कार्यकालमा महासचिवको जिम्मेवारीबाट एनआरएनएको कार्यसमितिमा इन्ट्री मारेका कृष्ण भण्डारी अध्यक्षकोलागि अर्का प्रवल दावेदार व्यक्ति हुन । इजरायलमै नेपाली समुदायमा पहिलो पत्रकारको रुपमा पत्रकारिताको क्षेत्रबाट सामाजिक जीवनको शुरुवात गरेका भण्डारी एनआरएनए-एनसिसी इजरायलको इतिहासदेखिकै जानकार व्यक्तिको रुपमा परिचित व्यक्ति मानिन्छन । मध्यपश्चिम नेपालको प्युठान स्थायी घर भई लामो समयदेखि इजरायलमा रहेका भण्डारी यस अघिका कार्यसमितिहरुमा  सल्लाहकारको रुपमा रहदै आइरहेका व्यक्ति हुन । भण्डारी यसपालीको एनआरएनएको नेतृत्वमा आउदैछन् भन्ने हल्लाले पनि एनआरएनए-एनसिसी इजरायलको निर्वाचन माहौलमा सरगर्मिता वढाएको अनुभुती गर्न सकिन्छ ।

यसैविच यसपटकको एनसिसी इजरायलको नेतृत्वमा पहिलो पटक इजरायली आइडी वाहक समाजसेवी निता ढकालले आफ्नो दमदार दावी प्रस्तुत गर्ने सम्भावना देखिएको छ ।   इजरायलको वेरेसेभा निवासी व्यवसायी निता ढकाल गएका कार्यसमितिहरुमा सदस्य हुदै कोषाध्यक्षको जिम्मेवारी वहन गरिसकेकी स्प्ष्ट धारणा प्रस्तुत गर्ने व्यक्ती हुन । २००९ देखि नै सक्रिय रुपमा एनसिसी इजरायलमा कुनै न कुनै रुपले भुमिका खेल्दै आइरहेकी ढकालले कानूनी रुपमा समस्यामा परेका दर्जनौ नेपालीहरुलाई उद्दार गर्दै आइरहेकी व्यक्ती हुन । एनआरएनए-एनसिसी इजरायललाई इजरायल सरकारसँग दर्ता गराउछु भन्ने दरिलो आवाज वोकेर नेतृत्वमा दावी प्रस्तुत गरेकी ढकालको सम्भावनलाई पनि कमजोर आकलन गर्न नसकिने जानकारहरु बताउछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

एवान खबर बिसेष

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

एनआरएनए-एनसिसी इजरायलको अध्यक्षमा पुन: गणेश गिरी, को हुन गिरी ?

ए१न्यूज इजरायल गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए-एनसिसी) इजरायलको अध्यक्षमा गणेश गिरी सर्व सम्मत निर्वाचित भएका छन् ।  निर्वाचन समितिले शुक्रवार राती विज्ञप्ति..